सरकारी चिकित्सक संघको अध्यक्षमा पाण्डे, महासचिवमा खड्का निर्वाचित (सूचि सहित)



Download our app to get more features

काठमाण्डौ, १९ चैत । सरकारी चिकित्सक संघको राजधानीमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा डा दिपेन्द्र पाण्डे चुनिएका छन् । आज राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित साधारण सभाबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । डा. पाण्डे ट्रमा सेन्टरमै हाडजोर्नी शल्यचिकित्सकका रुपमा कार्यरत छन् । 

संघको वरिष्ठ उपाध्यक्ष भरतपुर अस्पताल, चितवनमा कार्यरत बालरोग विशेषज्ञ डा विश्वबन्धु बगाले र उपाध्यक्षमा वीर अस्पतालकोमा कार्यरत मेडिसिन डाक्टर सुनिल पौडेल निर्वाचित भएको छन् । 

महासचिवमा वीर अस्पतालमै कार्यरत रेडियोलोजिष्ट डा रविन खड्का निर्वाचित भएका छन् । अध्यक्षको उम्मेदवार हुन लागेका डाक्टर खड्काले अन्तिम क्षणमा अध्यक्षमा पाण्डेलाई समर्थन गर्दै महासचिव बनेका हुन् । संघको सचिवमा वीर अस्पतालकै हाडजोर्नीका डाक्टर  मिलन केसी र कोषाध्यक्ष सुधा शाही बनेका छन् । 
सदस्यहरुमा डा बम बिसी, डा सुजित कुमार झा, डा गोवद्र्धन थापा, डा अनिल कुमार श्रेष्ठ, डा सोनिका श्रेष्ठ, डा राजेश मण्डल, डा किर्तीपाल सुवेदी र डा कुमुद भट्टराई निर्वाचित भएका छन् । 

को को निर्वाचित भए सूचि हेर्नुहोस् 

Last modified on 2017-06-18 16:55:15

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. सवै युवाहरुको नेतृत्वमा स्वास्थ्यका सवै पेशामा संलग्न सरकारी कर्मचारीको हकहितमा उदाहरण बन्न सकोस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts