प्रोत्साहन भत्ताका विषयमा सरकारी चिकित्सकको आपत्ति, परिमार्जन नभए कार्यविधि नै नमान्ने



Download our app to get more features

काठमाण्डौ, १७ चैत । सरकारी चिकित्सकहरुले आफुहरुमाथि सेवा, सुविधामा रहँदै आएको विभेद कायमैै रहेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि नमान्ने चेतावनी दिएको छ । 

संघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी सेवाका अन्य समुहको तुलनामा चिकित्सकलाई पछिल्लो कार्यविधिले कुनै व्यवस्था नगरेको र तलबभत्ता एवं सुविधामा हदौसम्म विभेद गरेको बताइएको छ । संघले सरकारले बनाएको कार्यविधि अपुरोभन्दै साप्ताहिक एकभन्दा बढीपटक अनकल र अनड्यूटमा खटिने चिकित्सकका विषयमा कार्यविधि मौन बसेको भन्दै असन्तुष्टि जनाएको छ । उसले सरकारी चिकित्सकको सेवा, सुविधा बढाउनका निम्ति अर्थमन्त्रालयसँग पहल गर्न स्वास्थ्य मन्त्रालयले खुट्टा कमाउन नहुने सुझाव पनि दिएको छ । 

संघका महासचिव विष्णुरथ गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चिकित्सकहरुको सेवा र सुविधाका सर्त सम्बन्धी छुट्टै ऐन वा नियमावली बनाई चिकित्सकहरुलाई सम्मानजनक जीवनयापन हुने किसिमले सेवा सुबिधाको ब्यबस्था गरी पूर्णकालिन सेवामा राख्ने ब्यबस्था गर्न राज्य समक्ष राखेको माग यथावतै छ ।'

विज्ञप्तिमा अघि भनिएको छ,  'यस्तो ब्यबस्था नभईसक्दासम्मको लागि अल्पकालीन व्यबस्थाको रुपमा मात्र हालको कार्यविधिलाई स्वीकार गर्न सकिने ब्योहरा अवगत गराउन चाहन्छौं ।'

स्वास्थ्य मन्त्रालयले केही दिनअघि मन्त्रालय मातहतका कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको कार्यवधि र सेवासुविधाका बारेमा कार्यविधि ल्याएको थियो । सरकारी चिकित्सकसंघले आफुहरुसँग भएको पूर्वसम्झौता अनुसार कार्यविधिमा व्यवस्था नभएको भन्दै विरोध जनाएको बताएको छ । 

विज्ञप्ति यस्तो छः 


 

Last modified on 2017-06-19 11:00:38

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts