पत्रिकामा खानेकुरा राखेर खानु खतरनाक !



Download our app to get more features

प्रायः जसो हामी बाहिर जाँदा वा समूहमा बसेर केहि खानेकुरा खान खोज्छौँ भने पत्रिकाको प्रयोग गर्ने गर्छौँ । त्यति मात्र नभई हामी बजारबाट केहि खानेकुरा किनेर ल्याउँदा पनि पत्रिकामै राखेर दिएको खाना लिएर आउँछौँ र त्यसलाई प्लेटमा नराखि पत्रिकामै खाने पनि गर्छौँ । तर, के हामीले कहिल्यै सोचेका छौँ पत्रिकामा राखेर खानुले हाम्रो स्वास्थ्यमा कतिको नराम्रो असर गर्छ भनेर ? 

भारत स्थित खाद्य सुरक्षा नियमक निकायले पत्रिकामा खाना राखेर खानेहरुलाई सचेत गराउँदै भनेको छ पत्रिकामा खाने कुरा खानुले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्ने हुँदा ख्याल गर्नु आवश्यक छ । पत्रपत्रिकामा खाना प्याक गराउनु वा पत्रिकामा खाना राखेर खानाले हामीलाई खतरनाक रोगहरु लाग्न सक्ने निकायले बताएको छ । एफ एस एस ऐ आई का अनुसार पत्रिकामा खाना प्याक गराएर वा पत्रिकामा खाना राखेर खानुले क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ । 

यसै चेतावनीका साथ भारतीय खाद सुरक्षा एवं मानक प्राधिकारले मानिसको स्वास्थ्यप्रति सचेत गराउँदै पत्रिकामा खाना नराख्न र नखान सल्लाह दिएको छ । प्राधिकारका अनुसार खाना जतिसुकै स्वस्थ्यवर्धक र स्वच्छ बनेको भएपनि त्यसलाई पत्रिकासँगको सम्पर्कमा ल्याउनाले त्यो हानिकारक हुन जान्छ र हाम्रो स्वास्थ्यलाई हानिपुर्याउन सक्छ ।

आखिर पत्रिकामा खाना खानु किन खतरनाक हुन्छ त ? 

पत्रिका छापिने बेलामा अनेक प्रकारका खतरनाक बायोएक्टिभ तत्व प्रयोग हुने गर्छ । जसले हाम्रो शरीरलाई धेरै नराम्रो असर गर्छ । यसका साथै प्रकाशनको लागि प्रयोग हुने मसी, कलर, पिगमेंन्ट र परिरक्षक नोक्सानदेह हुन्छ । जुन हाम्रो शरीरमा खानाको माध्यमबाट प्रवेश गर्छ र त्यो स्वास्थ्यको लागि धेरै नै हानिकारक हुन सक्छ ।

 

(एजेन्सी)

Last modified on 2017-06-19 11:01:30

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts