झापामा मात्र साँढे छ सयलाई हात्तिपाइले, बिहीबारबाट औषधि खुवाइने



Download our app to get more features

भद्रपुर, १६ चैत । पूर्वी नेपालको झापामा आजबाट हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराउने कार्यक्रम सुरु भएको छ । एक कार्यक्रमका बीच झापाका प्रजिअ उत्तरकुमार खत्रीले औषधि सेवन गरी अभियान सुरु गरेका  हुन् । 

बिहीबारबाट सुरु हुने कार्यक्रम १८ र १९ गते सम्म चल्ने छ । यसका साथै जुकाका औषधि पनि खुवाइने कार्यक्रम रहेको छ ।  हात्तिपाइले विरुद्धको औषधि कार्यक्रम यस वर्ष छैटौँ वर्षमा प्रवेश गरेसँगै झापामा सात लाख ३३ हजार जनालाई खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुई वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी तथा ७० वर्ष उमेर पुगेका एवम् छारे एवं गम्भीर दीर्घ रोगीले सेवन गर्न नहुने सो औषधि दुईदेखि पाँच वर्षकाले एक , छदेखि १४ वर्षकाले दुई र सोभन्दा माथिकाले तीन चक्की सेवन गर्नुपर्ने बताइएको छ । 

झापामा हाल खुट्टा सुनिएका दुई सय ७३, हात र स्तन सुनिएका एक सय एक र अण्ठकोष वृद्धि भएका छ सय ६३ जना हात्तीपाइले रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस 

Last modified on 2017-06-19 11:03:10

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts