झापामा आत्महत्या न्यूनीकरण अभियान



Download our app to get more features

भद्रपुर, १६ चैत । आत्महत्या जस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रुपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ । 

मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर, झापाद्वारा आज आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने सुझाव पनि दिइएको छ । 

मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न उद्देश्य रहेको सो कार्यक्रममा सहभागीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका प्रमुख डा निदेश सापकोटा र टिपी नेपाल दमकका परियोजना व्यवस्थापक ड शालिकराम भट्टराईले प्रशिक्षण दिने जनाइएको छ । 

प्रजिअ उत्तरकुमार खत्रीले उद्घाटन गरेको सो कार्यक्रममा मेची अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले गत तीन आवमा यस क्षेत्रमा भएको आत्महत्याको विवरण प्रस्तुत गरेका थिए । रासस

Last modified on 2017-06-19 11:04:18

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts