पर्सा रमगढवा हेल्थपोष्टकी अहेव बबिताको 'निर्मम हत्या'



Download our app to get more features

पर्सा, १६ चैत । रमगढवा हेल्थ पोष्टमा कार्यरत अहेव बबिता पण्डित मृत अवस्थामा भेटिएकी छन् ।

सर्लाही जिल्ला सिसौटीया गाविस वडा नम्बर १ घर भई हाल पर्सा जिल्लाको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २८ वर्षीया बबिता पण्डितको हत्या गरिएको छ ।

चैत १३ गते विहान ७ बजेको समयमा पर्सा र बाराको सिमाना प्रसौनीमा धान काट्न गएका बेला किसानले बोरामा उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । पण्डितको टाउकोमा धारिलो हतियारले प्रहार गरेको र घाँटीमा पनि निशान देखिएको बारा प्रहरीका इन्सपेक्टर विरेन्द्र विश्वकर्माले बताए ।

शवलाई पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

 

Last modified on 2017-06-19 11:29:01

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts