सरकारी चिकित्सकसंघको अधिवेशन शनिवार हुने, अध्यक्ष बन्ने दौडमा चारजना डाक्टर 



Download our app to get more features

काठमाण्डौ, १६ चैत । सरकारी चिकित्सकहरुको छाता सँगठन सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को वार्षिक साधारण सभा आउँदो चैत १९ गते शनिवार हुने भएको छ । 
काठमाण्डौमा हुने साधारण सभामा देशभरबाट सदस्य चिकित्सकहरु राजधानी आउँदैछन् । 

यसपालीको साधारण सभाले समिक्षा र आगामी कार्यदिशासँगै नेतृत्व चयन समेत गर्नेछ । करिब सात सयको हाराहारीमा रहेका सरकारी स्थायी चिकित्सक सदस्य रहेको संगठनको आगामी नेतृत्व लिन अहिलेसम्म ४ जना आकांक्षी अघि सरेका छन् । उनीहरुले आआफ्नो पक्षमा लबिंग थालिसकेका छन् । 

जसमध्ये वीर अस्पतालका रेडियोलोजिस्ट डा रबिन खड्का, भरतपुर अस्पतालका बालरोग विशेषज्ञ (पेडियाट्रीसिअन) डा विश्वबन्धु बगाले, राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा दीपेन्द्र पाण्डे र वीर कै फेमेली फिजिसियन डा. सुरेश नेपालको नाम चर्चामा छ । 

सकेसम्म सर्वसम्मत विधीबाट नयाँ कार्यसमिती बनाउने भनिएपनि सहमतिको सम्भावना न्यून रहेको बुझिएको छ । निर्वाचन गर्ने परिस्थिती आए त्यसका लागि भन्दै संघले निर्वाचन कमिटि नै खडा गरेको छ जसको अध्यक्ष डा विकास जैशि रहेका छन् । 

Last modified on 2017-06-19 11:33:53

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. best of luck Dr.bishow bandu bagale


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts