रुघा लागेर अस्पताल पुगेका मन्त्रीलाई निमोनिया देखियो 



Download our app to get more features

काठमाण्डौ, १५ चैत । रुघाखोकी लागेपछि सामान्य जाँच गराउन अस्पताल पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री दिलनाथ गिरीलाई निमोनिया देखिएपछि चिकित्सकले भर्ना नै गराएका छन् । 

लगातार खोकी लागेपछि उनी मंगलबार साँझ ओम अस्पताल पुगेका थिए । जाँच गराउँदा मन्त्री गिरीलाई निमोनियाको प्रारम्भिक चरण देखिएको अस्पतालका प्रबन्ध निर्देशक एवं प्रवक्ता बाबुकाजी कार्कीले हाम्रो डक्टरलाई बताए । 'चिकित्सकहरुको सल्लाहमा उनलाई अव्जर्भेसनमा राखिएको छ ।

मन्त्री गिरीलाई छाति विशेषज्ञ डा. सुवोध सागर ढकालको समुहले जाँच र उपचार गरिरहेको छ ।  उनलाई निमोनियाको सुधारका लागि कम्तिमा भोलिसम्म अस्पताल राख्नुपर्ने बताइएको छ । अस्पतालको बसाई भएपछि मन्त्री गिरीले भोलिका लागि तय भएको लुम्बिनी भ्रमण रद्द गरेका छन् । 

Last modified on 2017-06-19 11:34:21

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts