औषधि बिनै बाँच्न चाहनुहुन्छ भने अपनाऔँ केहि यस्ता उपाय......



Download our app to get more features

काठमाडौ । बढ्दै गएको महंगीसँगै भागदौडको व्यस्त जिन्दगीमा यदी तपाईलाई असहज (विसन्चो) महसुस भयो भने यस्तो अवस्थामा तपाई के गर्नुहुन्छ ? दुखाई शुरु नुहँदै डाक्टरको परामर्शका लागि दौडनुहुन्छ ? अतः औषधीबिनै पनि दुखाईलाई कम गर्न सकिन्छ भन्ने बुझ्नुहोस् । जसबाट केहि हदसम्म भएपनि आफ्नो दुखाईलाई तपाई विनाऔषधी निको पार्न सक्नुहुनेछ ।


स्पर्श गर्नुहोस
तरकारी पकाउँदै हुनुहुन्थ्यो, तपाईको औला तातो कराईले डाम्यो अब के गर्नुुहुन्छ ? तुरुन्त आफ्नो औंलालाई मुखभित्र हाल्नुहुदैन । तपाईले बिलकुल सही उपाय अपनाउनुहुन्छ । हात पोलेमा तपाईले अर्को हातको साहयताले पोलेको ठाउँमा राम्ररी थिच्नुहोस । स्पर्शम तागत रहेको हुन्छ । चाहे त्यो अरुको होस् चाहे आफ्नै । टाउको दुखेमा आफ्नो हातले निधारमा हलुका तरिकाले दाब्ने तथा कपालमा औला छिराएर नरम तवरले मसाज गर्ने गर्नुपर्दछ । यसो गर्नाले तपाईको मस्तिष्कमा यो सन्देश पुग्न सक्छ कि तपाईको टाउको दुखाईलाई कम गराउँछ ।


बरफको प्रयोग गर्नुहोस्
दुखाइै भएको ठाउँमा बरफ वा कुनै ठण्डा पदार्थले सेक्नाले केहि राहत मिल्नसक्छ । एक नरम तौलियामा बरफको टुक्रा बेरेर सेक्नुहोस । यदि बरफको सम्भावना भएन भने कोल्डडिगसको बोतलले पनि सेक्न सक्नुहुनेछ । यसरी दुखाइलाई राहत मिल्नेछ ।


सकरात्मक सोच राख्नुहोस्
तपाई विरामी भएर थलिनुभएको छ तर घरमा कोही छैन यस्तो अवस्थामा दिमागमा सकारात्मक सोचाइ राख्नुहोस् । वितेका राम्रा रोमान्टिक पलहरुलाई याद गर्नुहोस् । साथीभाई, श्रीमान् श्रीमती घुमेको, घरपरिवारसँग मिलेर उपद्रो गरेको यस्तैयस्तै... । या फेरी नयाँ योजनाको बारेमा सोच्नुहोस् यसोे गर्नाले तपाईको ध्यान व्यक्त रहन्छ र दुखाइको महशुस हदैन ।


एक्सरसाइज गर्नुहोस
दवावलाई होइन एक्सरसाइजलाई आफ्नो जिन्दगीको प्रमुख हिस्सा बनाउनुहोस् । धरै त्यस्ता रोगहरु छन् जुन औषधीले नभएर व्यायामका माध्यमबाट निको पारिएका छन् । केही आराम गर्नु त छदैछ तर आरामपछि अवश्य व्यायाम गर्नुहोस् । यसले शरिरमा रक्तसञ्च्चार बढाउँछ । डाक्टरको सल्लाह अनुरुप विभिन्न व्यायाम गर्नुहोस दुखाई तपाईबाट टाडै रहन्छ ।
दुखाईबाट ध्यान हटाउनुहोस्
यदि दुखाई सामान्य छ भने टिभी हेरेर, इन्टरनेट चलाएर वा विभिन्न मनोरञ्जनात्मक पत्रपत्रिकाहरु पढेर आफ्नो ध्यान अन्तै केन्द्रित गर्नुहोस् । म्युजिक सुन्ने, गेम खेल्ने तथा सामान्य कामहरु गर्नाले तपाईको ध्यान दुखाईबाट हट्नसक्छ, मनमिल्ने व्यक्तिसंग फोनमा कुरा गरेर पनि दुखाईबाट भगाउन सकिन्छ ।


गहिरो सास लिनुहोस
दुखाई सामान्य होस वा जटिल आफूलाई काबुमा राख्न सक्नुपर्दछ । तपाई कुर्सीमा बस्नुहोस् वा बेडमा आरामसंग सुत्नुुहोस् र हल्का तथा गहिरो स्वास लिनुहोस् । मुखबाट सास तान्नुहोस् र विस्तारै नाकबाट छोड्नुहोस् । बारम्बार यसो गर्नाले तपाईलाई तनाब वा दुखाईको महसुस कम हुनथाल्छ । तनावले थकान र दुखाई दुबैलाई बढाउँछ । गहिरो सास लिनाले तनावलाई नियन्त्रण मिल्नसक्छ ।

 

Last modified on 2017-06-19 12:22:26

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts