राष्ट्रिय स्वास्थ्यकर्मी संघको परिषद् सम्पन्न, अब संघीय ढाँचामा जाने



Download our app to get more features

भक्तपुर, १५ चैत । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको दोश्रो परिषद भक्तपुरमा सम्पन्न भएको छ ।“ पेशागत सशक्तिकरणका लागी आधिकारिक टे«ड युनियन, गुणस्तरीय स्वास्थ्य सेवा सहज पहुंच: हाम्रो अभियान”  भन्ने मूल नाराका साथ परिषद आयोजना गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सेवा ‘लाइक वा डीस्लाइक’को आधारमा भन्दा पनि निस्वार्थ रुप गरिने अत्यन्त संवेदनशील पेशा भएकोले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने कुरामा जोड दिएका थिए । परिषद वैठकमा देशभरिवाट संघको जिल्ला अध्यक्ष सहित प्रतिनिधि स्वास्थ्यकर्मी, नर्स, र चिकित्सक लगायत करिव २ सय भन्दा वढी सहभागी भएका थिए । २६ बँुदे घोषणपत्र जारी गर्दै परिषद् सोमवार सम्पन्न भएको  संघका केन्द्रीय सदस्य रामकुमार धमलाले जानकारी दिए ।

संघको परिषद् वैठकले महासचिव डा. झलक गौतमले पेश गरेको सांगठानिक प्रतिवेदनलाई संसोधन सहीत पारित गरेको छ भने संघीय संरचना सहितको विधान परिमार्जन गरेको छ । यो निर्याय संगै  नेपालको स्वास्थ्य क्षेत्रमा क्रियाशील टे«ड युनियन मध्ये संघ नै संघीय संरचनामा जाने पहिलो स्वास्थ्यको पहिलो टे«ड युनियन बनेको छ । 

Last modified on 2017-06-19 12:25:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts