गौर स्वास्थ्य शिविरका जटिल बिरामीको वीर अस्पतालमा निशुल्क शल्यक्रिया गरिने



Download our app to get more features

काठमाडौँ, १४ चैत । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहटको गौरमा सञ्चालन भएको साताव्यापी सघन स्वास्थ्य सकिएको छ । चैत ८ गतेदेखि सुरु भएको शिविरमा  तीन हजार ५७ महिला र तीन हजार ३ सय ९० जना पुरुषले स्वास्थ्य परीक्षण गराएको र ती मध्ये एकसय  जनाको मेजर शल्यक्रिया भएको नेपाली सेनाका तर्फबाट शिविरको संयोजन गरेका महासेनानी दीपक अधिकारीले जानकारी दिए ।

शिविरमा अवधिमा शल्यक्रिया गर्न नसकिएका बिरामीलाई मङ्गलबारदेखि नै जिल्ला अस्पताल गौरमा स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले शल्यक्रिया गर्ने स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले जानकारी दिए । यस्तै शल्यक्रिया हुन नसकेका शिशु र ठूला व्यक्तिको पेट र आन्द्राको अर्बुदलगायत अन्य केही जटिल शल्यक्रिया वीर अस्पतालमा निःशुल्क हुने वीर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा प्रमोदकुमार यादवले जानकारी दिए ।  

ठूला शल्यक्रियामा मुख्य गरी पाठेघर खस्ने, अण्डकोष वृद्धि, पित्त र पिसाब थैलीको पत्थरी निकाल्ने, पेटको शल्यक्रिया र जटिल खालका गर्भवतीको शल्यक्रिया भएको थियो । शिविरमा मन्त्रालय र नेपाली सेनाका विभिन्न रोगका विशेषज्ञ चिकित्सक, फिजिसियन, नर्सिङ स्टाफसहित ५० स्वास्थ्यकर्मी परिचालित थिए । 

शिविर टोली सदस्य तथा एनेस्थेटिस्ट (बेहोस पार्ने चिकित्सक) तथा सघन उपचार विशेषज्ञ डा उदय वज्राचार्यले उपचार गराउन आएका बिरामीमध्ये महिलामा पाठेघर खस्ने (आङ खस्ने) तथा पुरुषमा अण्डकोष वृद्धि समस्या रहेको जानकारी दिए। 

शिविरमा धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, मकवानपुर, सिन्धुली र सीमापारि भारतीय समेतले सेवा लिएका थिए । जनताकै घरदैलामा विशेषज्ञ सेवा पु¥याउन देशका अन्य भागमा पनि मोबाइल अस्पतालसहितको सघन स्वास्थ्य शिविर आयोजना गर्ने बताइएको छ । राससको सहयोगमा 

Last modified on 2017-06-19 12:27:26

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts