जानीजानी दिनको दशकप चिया पिउने अनि ‘पेन्टाप्रजोल’को लत लगाउने ! 



Download our app to get more features

धुनिक समय विज्ञान(प्रविधिको समय हो, भौतिक उन्नति र प्रगतिको समय हो, यही भौतिकतामा रम्न मानिसले आफ्नो भौतिक र मानसिक स्वास्थ्यलाइ दाउमा राखेर समाजका अगाडी सम्पन्न हुन खोजिरहेछ, कामकाजले गर्दा मानिसको खाने (सुत्ने समय अनियमित भैरहेको छ  स्वच्छ पिउने पानी र ताजा हावा त बिरलै भेट्न पाइन्छ विशेषतः शहरी क्षेत्रमा विशेषगरी काठमाडौं उपत्यका त धूलोमा चुर्लुम्मै डुबिसकेको छ, यस्तो समयमा मानव स्वास्थ्य अत्यन्त संवेदनशील अवस्थामा रहेको छ ।

 त्यस्तै वर्तमान समयमा मानिसको खानपीन पनि अस्वस्थकर हुँदै गैरहेको छ, होटलहरुमा बासी र कमसल खानेकुराको बिग्बिगी छ भने तरकारीहरुमा विषाक्त औषधि र हेभी मेटलको मात्रा बढी पाइन्छ भने पौष्टिक तत्वहरु निकै कम भेटिन्छ, अझ हामी आफै सभ्यताको नाममा चाउचाउ, चाउमिन जस्ता पोषणरहित फास्ट फूड्स हरुले भोक मेटाउँछौं, फेरी बाटोमा हिंड्दा छ्यापछ्याप्ती जलगैंडा जस्ता शरीरहरु देख्दा पनि सजिलै आंकलन गर्न सकिन्छ कि नेपालीहरुको स्वास्थ्य नाजुकता तिर मोडिँदै छ भनेर ! 

कतिपय ठाउँहरुमा त दिनमा दश कप (गुलियो बढी हालेर) चिया पिउने प्रचलन पनि छ, दिनको दुइपटक औषधि खान बेवास्ता गर्ने हामी नेपाली खाना अघि र पछी चिया कफी पिउने बानी बसाल्छौँ अनि हामीलाई नै अनिद्रा , मधुमेह , ग्यास्ट्रिक आदि नभए कसलाई हुने ?

कतिपय ठाउँहरुमा त दिनमा दश कप (गुलियो बढी हालेर) चिया पिउने प्रचलन पनि छ, दिनको दुइपटक औषधि खान बेवास्ता गर्ने हामी नेपाली खाना अघि र पछी चिया कफी पिउने बानी बसाल्छौँ अनि हामीलाई नै अनिद्रा , मधुमेह , ग्यास्ट्रिक आदि नभए कसलाई हुने ? त्यस्तै तनावग्रस्त जीवनशैलीले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्दै गैरहेको छ । सीमा क्षेत्रमा तनाव, भूकम्पद्वारा सिर्जित त्रास एवम् विनाश आदिले पनि कति मानसिक समस्याहरु निम्ताएका छन् । 

स्वास्थ्य सेवाको कुरा गरौँ , १०० डिग्री फरेनाइट तापक्रम हुने बित्तिकै फामेर्सीबाट सिटामोल किनेर खान्छौं र कम हुनासाथ निको भयो भन्छौं जबकी ज्वरोको कारण पत्ता लगाएर तदनुसार उपचार गरिनुपर्छ । त्यस्तै आफैले ग्यास्ट्रिक निम्ताउँछौं र फेरी  पेन्टाप्रजोलको लत लगाउँछौं , तर चियाकफी छाड्न सक्दैनौं, जबकी चिया, कफी कम गर्ने र  सामान्य गाउँघरमा पाइने घिउकुमारी,लसुन आदिको प्रयोग गर्नाले मात्र पनि यो धेरै कम हुन्छ । फेरी सामान्य रुघाखोकी ज्वरो आउँदैमा क्लिनिक जान्छौं जहाँ सबै समस्याको “रामवाण“ जस्तैगरि एन्टीवायोटिक  दिइन्छ र कालान्तरमा एन्टिवायोटिक प्रतिरोधत्व को सिकार बन्न पुग्छौं । 

केही समय यता चलनमा ल्याउन खोजिएको ग्रिन फार्मिंगका उत्पादनहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ भने बजारमा गुणस्तर नियन्त्रणको काम अझ प्रभावकारी बनाइनुपर्ने देखिन्छ । नियमित खानपान , योग , व्यायामको राम्रो व्यवस्था मिलाउनु अत्यन्त आवश्यक छ

अतः अहिलेको समयमा मानव स्वास्थ्य निकै धरापमा छ । संयमित खानपान र स्वच्छ हावा पानी आजको आवश्यकता हो । केही समय यता चलनमा ल्याउन खोजिएको ग्रिन फार्मिंगका उत्पादनहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ भने बजारमा गुणस्तर नियन्त्रणको काम अझ प्रभावकारी बनाइनुपर्ने देखिन्छ । नियमित खानपान , योग , व्यायामको राम्रो व्यवस्था मिलाउनु अत्यन्त आवश्यक छ । सबैभन्दा महत्वपूर्ण त प्रत्येक नेपालीलाई अब उपचारात्मक भन्दा पनि निवारात्मक र स्वास्थ्य प्रवर्धनात्मक सेवाको खाँचो देखिन्छ । कालान्तरमा गएर एकदिन हामीले भन्नु नै पर्छ कि मानव स्वास्थ्यका लागि “प्रकृतितर्फ फर्क” को सिद्धान्त साँँच्चिकै दूरदर्शी सिद्धान्त रहेछ ।

Last modified on 2017-06-11 17:37:28

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts