डाइलाइसिस मेसिन हस्तान्तरण



Download our app to get more features

काठमाडौँ, १४ चैत । दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन राजधानीको एक अस्पताललाई प्रदान गरेका छन् । 

सीतापाइलास्थित शुभेक्षा अस्पताललाई राजुबाबु, रोशन र राजेशबाबु श्रेष्ठले ती मेसिन प्रदान गरे । 

निःशुल्क उपचार सेवा उपलब्ध गराउन उहाँहरूले प्रदान गर्नुभएका ती मेसिनबाट सेवा प्रवाहमा सहजता हुने उक्त अस्पतालले जनाएको छ । 

आइतबारदेखि नै सुरु भएको निःशुल्क डाइलाइसिस सेवाको गायिका आनी छोइङले शुभारम्भ गरेका थिए । रासस
 

Last modified on 2017-06-19 12:34:56

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts