एकवर्षभित्र नेपाल मोतिबिन्दुमुक्त हुने



Download our app to get more features

काठमाडौं, १३ चैत । सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरेका छन् । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताए । 

त्यस्तै उनले आँखा रोगको लक्षण, परीक्षण र उपचारका बारेमा प्रशस्त सचेतना फैलाउन आवश्यक रहेको जोड दिए । उनले भने ‘नेत्र चिकित्सकले बिरामीको सेवामात्र गरेर हुँदैन’ चिकित्सकले आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउन पनि मुख्य भूमिका निर्वाह गर्नुपर्छ ।’

विश्व स्वास्थ्य सगंठनको तथ्याङ्क अनुसार विश्वमा २८ करोड ५० लाख मानिसको दृष्टि कमजोर रहेको छ । त्यस्तै ३ करोड ९० लाख मानिस दृष्टिविहीन रहेको देखाएको छ । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले नेपालमा आँखा स्वास्थ्य संस्थाबाट प्रभावकारी तथा व्यवस्थित कार्य भएकाले घरदैलोसम्म आँखा सेवा पुगेको बताइन् । उनले नेपाल नेत्रज्योति संघसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको पनि बताइन् । 

मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले संघीय संरचना अनुसार आँखा स्वास्थ्यलाई विस्तार गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा संघले लामो योगदान पु¥याएकाहरु डा. शम्भु प्रसाद लाखे र डा. गोविन्दराम अग्रवाललाई सम्मान समेत गरेको छ । साथै संघले ‘दृष्टि कविता संग्रह’को समेत विमोचन गरेको थियो ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts