बच्चाहरुको मिर्गौला किन बिग्रन्छ ? कसरी थाहा पाउने ?



Download our app to get more features

मिर्गौला रोग जटिल प्रकतिको रोग हो । प्रत्येक वर्ष यो रोगका बिरामी बढिरहेका छन् । के बच्चा, के युवा, के वृद्ध सबै उमेरका मानिसमा यो रोग लाग्ने गर्दछ । नेपालमा पछिल्लो समय धेरै बच्चाको मिर्गौला बिग्रेको पाइन्छ । बच्चामा मिर्गाैला किन बिग्रन्छ र कसरी थाहा पाउने भन्ने विषयमा बरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डाक्टर प्रमोदकुमार क्षेत्रीको सुझाव यस्तो छ :

मिर्गौला रोग वृद्धवृद्धा तथा युवाहरुलाई मात्र लाग्छ भन्ने धेरैको बुझाई छ । तर होइन । मिर्गौला रोग बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगका लक्षणहरु निकै ढीला मात्र थाहा हुने भएकाले मिर्गौला रोग जटिल रोग बन्ने गर्दछ । यस अर्थ पनि अभिभावकले सदैब बच्चाहरुको मिर्गौला प्रति चासो राख्नु पर्दछ ।

बच्चामा मिर्गौला रोग लाग्ने मूख्य कारण यस्ता छन् :

१.पटक पटक पिसाबको संक्रमण हुनु ।
२.पिसाबबाट प्रोटिन जानु ।
३.पत्थरी हुुनु ।
४.लामो समय नाक तथा घाँटीको संक्रमण हुनु ।
५.बंशाणुगत गुण ।
६. पिसाब धेरै समयसम्म थुनेर राख्ने बानी हुनु ।
७.जंगफुडहरुको प्रयोग बढी गर्नु ।

लक्षण :
१.पिसाब पहेलो देखिने । 
२.पिसाब पोल्ने ।
३.पिसाब फेर्दा फिँज आउने ।
४.रक्तचाप बढ्ने ।
५.पिसाब कम हुुने ।
६. पिसाबमा रगत देखिने ।

बच्ने उपाय :
१.पिसाब पहेलो देखियो वा कुनै पनि समस्या देखिए, तत्काल पिसाब परीक्षण गराउने ।
२.घाँटी तथा छालामा कुनै पनि संक्रमण भए तुरुन्त परीक्षण गराउने ।
३. बच्चा ९, १० वर्षसम्म पनि ओच्छानमा पिसाव फेर्छ भने  मिर्गाैला सम्बन्धी रोग लाग्न सक्छ । यस्ता बच्चाको स्वास्थ परीक्षण गराउने ।
४.कब्जियत, पित्तथैलीमा समस्या हुदा पनि मिर्गौला बिग्रन सक्छ त्यस कारण यस्ता समस्या देखिए परीक्षण गराउने ।
५. बच्चालाई प्रशस्त पानी पिउँन लगाउने ।
६.जंग फुड,आइसक्रिम लगाएतका खानेकुराको प्रयोग गर्न नदिने ।
७. मिर्गौला रोगी आमा बाबु भए सन्तान नजन्माउने ।
८.यदि पेट
भित्रै बच्चामा मिर्गौला रोग लागेको थाहा पाए चिकित्सकको सल्लाह बमोजिम मिलेसम्म  यस्तो बच्चालाई नजन्माउने ।

 

Last modified on 2017-06-19 12:50:15

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts