के नेपालका बाँदरले एड्स र क्यान्सर गराउने जीवाणु सार्छन् ? 



Download our app to get more features

केहि महिना अगाडी पशुपतिनाथ परिसरको बाँदरको टोकाईपछि ३०/४० जना घाइते उपचारको लागि टेकु अस्पताल पुगेका थिए । ती सबै रेबिज सुईको लागि आएका थिए । नेपाल सरकारले देवस्थलका बाँदरहरु खासगरी पशुपति र स्वयम्भूका बाँदरले टोकेमा रेबिजको जोखिम नहुने भन्दै रेबिज विरुद्धको सुई लगाउनु नपर्ने निर्देशन गरेको छ । 

दैनिक औषतमा ४, ५ जना बादरको टोकाई सम्बन्धि जिज्ञासा लिएर आउने गरेपनि बाँदरको टोकाइबाट हुनसक्ने अरु भाइरस वा ब्याक्टेरिया वा परजीवीको बारेमा भने सर्वसाधारणमात्र नभै चिकित्सक, नीतिनिर्माता पनि अनभिज्ञ छन् । बाँदरको टोकाईको संख्या यो भन्दा बढी हुन सक्दछ किनभने सबै घाइते अस्पतालसम्म आइपुग्दैनन् । जनावर वा पशुपञ्छीबाट मानिसमा सर्ने सरुवा रोगहरुको हिस्सा झन्डै ७० प्रतिशत छ । तर, नेपालमा यी रोगहरु के के हुन् भन्ने स्पष्ट छैन । फलस्वरूप यस्ता रोगहरुबाट बच्न पूर्व सावधानीका उपायहरु के के अपनाउने भन्नेमा हामीहरु चुकिरहेका छौं । 

तसर्थ हालसम्मको अज्ञात मानिएका रोगहरुको बारेमा अध्ययन हुन र सबैले जानकारी लिनु वा पाउनु पर्छ । विभिन्न जनावरहरु मध्ये बादरसँग मानिसहरुको नजिकको सम्पर्क हुने भएको विभिन्न सरुवा रोगहरुको जोखिम नै छैन भन्न सकिँदैन । नेपालले हालसम्म यसप्रति अनुसन्धान गर्न चासो नदेखाएको भएपनि बिदेशी अनुसन्धानकर्ताहरुले गरेको नतिजा र निष्कर्षलाई पूर्ण रुपमा अवमुल्यन वा बेवास्ता गर्न भने सकिदैन । 
यो पंतिकारले केहिवर्ष अगाडी जनावरको टोकाई बाट हुने सक्ने जोखिमको बारेमा अनुसन्धान गर्न WHO सँग सहयोग मागेको र सहयोग गर्ने आश्वासन दिँदादिदै पनि अन्तमा सहयोग नपाएको तितो अनुभव छ । यसबाट जनावरबाट कस्ता जीवाणुहरु सरिरहेका छन् पत्ता लाग्न सकेको छैन । 

सन् २००६ मा विश्व प्रसिद्ध बिज्ञान जर्नलमा प्रकशित लेखले नेपालका बाँदरबाट सर्न सक्ने केहि भाईरसहरुको बारेमा उल्लेख गरेको थियो । यी भाईरसहरुले बाँदरहरुमा के कस्तो असर पारिरहेको छ भन्ने निर्कर्ष नदिएको भएता पनि यसबाट मानिसमा भने जोखिम रहेको कुरा अध्ययनमा उल्लेख छ । यसमा बिशेष गरेर हेर्पेस भाईरस, सिमियन भाईरस(४० र सिमियन फोमी भाईरस आदि महत्वपूर्ण देखिन्छ । यी भाईरसहरु केहि रेट्रोभाईरस समूह अन्तर्गत पर्ने र केहि क्यान्सर गराउन महत्वपूर्ण भूमिका खेल्ने गरेको बिभिन्न अनुसन्धानहरुले प्रमाणित गरिसकेको छ ।

सिमियन इमुनोदिफीसिन्नसी भाईरस पनि देखा परेको भन्ने पनि सार्बजनिक भैसकेको छ । यसले खासगरी एसियन बाँदरमा एड्स (सिमियन एडस) गराएको देखाएको भएपनि नेपालमा यी बाँदरहरुको अवस्था कस्तो छ भन्नेमा भने हामी अनभिज्ञ नै छौ ।

यी बाहेक सिमियन इमुनोदिफीसिन्नसी भाईरस पनि देखा परेको भन्ने पनि सार्बजनिक भैसकेको छ । यसले खासगरी एसियन बाँदरमा एड्स (सिमियन एडस) गराएको देखाएको भएपनि नेपालमा यी बाँदरहरुको अवस्था कस्तो छ भन्नेमा भने हामी अनभिज्ञ नै छौ । तर यसैलाई आधार मान्ने हो भने नेपाली बादरमा पनि एड्स नहोला भन्न सकिदैन । मानवमा हाल देखिने एचआइभी भाईरस यही सिमियन इमुनोदिफीसिन्न्सी भाईरसको परिष्कृत रुप भएको मानिँदै आइएको छ । 

तसर्थ, हामी बाँदरको सम्पर्कमा बेला बेलामा रहने भएकोले यस भाईरसको जोखिममा आएका छौं । सिमियन भाईरस (४०) खासगरी क्यान्सरसँग सम्बन्धित रहेको विभिन्न अनुसन्धानले देखाएको छ । जनावर तथा मानिसमा पनि यस भाईरसले क्यान्सर गराउने कुरामा धेरै बैज्ञानिक सहमत देखिन्छन् । तसर्थ यसबारेमा हामीले जानकारी पाउनु पर्दछ जसबाट जोखिमको बारेमा थाहा पाउन सकिन्छ ।

 नेपालका बाँदरहरुमा यस्ता भाईरसहरु देखिएता पनि बाँदरको स्वास्थ्यमा यसले कस्तो प्रभाव परेको छ र मानिसमा यी भाईरसहरु सरेको छ वा छैन भन्ने प्रमाण भने छैन । तर हालसम्मको बिभिन्न अनुसन्धानहरुले औषतमा १५ को हाराहारीमा सर्ने गरेको देखाएको थियो, भने रेट्रोभाईरसले खासगरी दीर्घकालिन अवस्थामा कस्तो नतिजा आउला भन्ने कुरा स्पष्ट देखिँदैन । तर सिमियन भाईरस(४०) को बारेमा प्रशस्त अनुसन्धान भैसकेको र मानिसमा मस्तिष्क लगायत अरु अंगहरुमा क्यान्सर गराउनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको प्रमाणित गरेर अनुसन्धानकर्ताहरुले देखाइसकेका छन् । तसर्थ वर्षेनी क्यान्सरका बिरामीहरु  बढ्ने गरेको तथ्यांक आइराखेको अवस्थमा यस्ता भाईरसको भूमिका के कति छ भनेर थाहा पाउन आवश्यक भैसकेको छ। 

अन्तमा, यी भाईरसहरु हाल बाँदरहरुमा मात्र रहेको थाहा भएता पनि यसको दीर्घकालिन असर हाम्रो समाजमा के  कस्तो हुन्छ भन्ने बारेमा हामी सर्बसाधारण र नेपाल सरकारले बेलैमा गम्भीर ध्यान दिन र थप अनुसन्धान र अध्ययनमा जुट्न ढिला भैसकेको छ ?           

 

Last modified on 2017-06-11 17:37:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts