कस्तो देखियो मुलुककै पहिलो सघन स्वास्थ्य शिविर ? (फोटो फिचर )



Download our app to get more features

काठमाण्डौ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहटमा जारी स्वास्थ्य शिविर मुलुककै पहिलो सघन स्वास्थ्य शिविर भएको चिकित्सकहरुले बताएका छन् ।

नेपालमा यसअघि मोबाइल शल्यक्रिया कक्ष सहितको शिविर भएको थिएन । यसअघि हुने शिविरहरुमा सामान्य चेकजाँच र माइनर शल्यक्रिया हरु हुन्थ्यो । तर भ्यानमै सघन उपचार कक्ष सहित भने शिविर भएको थिएन ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली सेनासँग पटकपटक छलफल गरेर आयोजना गर्ने निर्णय भएपछि दुईपटक स्थगित भएर शिविर सञ्चालन भएको हो । शिविरमा सामान्य चेकजाँच, ल्याव परीक्षण र सघन शल्यक्रियाहरु समेत गरिएको छ । शिविरमा चारदिन यता ४ हजारभन्दा माथिले स्वास्थ्य सेवा लिएका छन् भने ८० जनाभन्दा बढीको शल्यक्रिया गरिएको छ ।

मोबाइल क्याम्पमा नभ्याइका शल्यक्रिया सँगैको जिल्ला अस्पताल गौरमा गरिएको छ । शिविरमा उल्लेख्य मानिस सेवा लिन आएका छन् । हेरौं शिविर सञ्चालन भएको स्थान रौतहट गौरमा पुगेर हाम्रो डक्टरकर्मी उद्धवराज भेटुवालले कैद गरेका केही तस्विरहरु :

 



 

Last modified on 2017-06-19 13:09:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts