मालदिभ्समा १ सय ७६ जना स्वाइन फ्लुबाट संक्रमित



Download our app to get more features

मालदिभ्स, १२ चैत । मालदिभ्समा स्वाइन फ्लु (एच–१ एन–१) को सङ्क्रमण १७६ जनामा भेटिएको यहाँको स्वास्थ्य सुरक्षा निकायद्वारा सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । 

पछिल्लो समय स्वाइन फ्लुुको सङ्क्रमण भेटिएपछि सङ्कलन गरी पठाइएका शङ्कास्पद नमुनामा १७६ जनामा सो रोगको सङ्क्रमण भेटिएको हो । 

हाल सङ्क्रमितमध्ये २३ जनामा रोगको प्रभाव बढी भएको भेटिएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने थप सङ्क्रमित मानिस अस्पताल पुग्ने क्रम जारी छ । 

रोगको प्रभाव अघिल्ला केही हाताको तुलनामा कमी देखिन थालेकाले आगामी हप्तादेखि बन्द विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । 

सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण मालदिभ्समा दुई जनाको मृत्यु भएको छ । रासस
 

Last modified on 2017-06-19 13:10:23

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts