कुन तरकारीको बोक्रा खानु कतिको उचित !



Download our app to get more features

यदी तपाईलाई कसैले भन्छ, तरकारीको बोक्रा खानुस् भने तपाई त्यो व्यक्तिलाई अवश्यपनि पागल भन्नु हुन्छ । तर, हालै गरिएको एक अध्ययनमा यो कुरा प्रमाणित भएको छ, तरकारीको बोक्रालाई अनावश्यक सम्झेर फ्याकिन्छ, त्यसमा हाम्रो स्वास्थ्यका लागि आवश्यक तत्वहरु पाइन्छ ।

जानौँ तरकारीको बोक्रा किन फ्याक्नु हुन्न ः 

गाजरको बोक्रा 

गाजर खानाले आँखाको रोशनी बढ्छ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो । तर, तपाईलाई थाहा छ , गाजरको बोक्रा खानाले आँखाको रोशनीमा सुधार मात्र होइन , यसले  क्यान्सरको खतरालाई पनि कम गर्छ । गाजरको बोक्रामा भिटामिन बी–६, सी र ए, म्याग्नेशियम, पोटाशिमयका साथै फाइटो–न्यूट्रिएन्ट्स पनि पाईन्छ । जसले शरीरमा क्यान्सर को कोषहरुलाई बढ्न दिदैन । यसका साथै यसमा बीटा क्यारोटिन पनि पाइन्छ , जसले छालालाई घामको प्रभावबाट बचाईराख्छ । 

स्याउको बोक्रा 

स्याउमा भरपूर मात्रामा मिनरल्स र भिटामिन पाईन्छ । तर, स्याउको बोक्रामा प्रचूर मात्रामा पोषक तत्वहरु पाईन्छ भन्ने थोरैलाई थाहा होला । स्याउको बोक्रमा यस्तो फाइबर पाईन्छ , जसले शरीरमा भएको विकार कोलेस्ट्रोल र ब्लड शुगरलाई कम गर्छ । स्याउ खानु भन्दा पहिले स्याउलाई राम्ररी पखालेर खानु उत्तम हुन्छ । 

आलूको बोक्रा 

अचेल आलूको तरकारी वा अन्य कुनै परिकार बनाउँदा त्यसको बोक्रा हामीले ताछेर फ्याकिदिन्छौँ । तर आलूको तरकारी बनाउँदा त्यलाई राम्ररी पखालेर प्रयोग गर्नाले हामीलाई धेरै नै फाइदा हुन सक्छ । आलूको बोक्रामा आलु भन्दा बढी गुणहरु हुन्छन् । आलूको बोक्रामा क्याल्शियम, भिटामिन बी कम्पलेक्स, भिटामिन सी, आइरन पाईन्छ । कसैलाई यदीे भिटामिन ’ए’ को आवश्यक्ता छ भने आलूको बोक्रा खानाले भिटामिन ए को कमी पूरा हुन्छ । आलूको बोक्रा खानाले आँखाको ज्योती बढ्छ र रोग सँग लड्ने प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । 

केराको बोक्रा  


कामै नलाग्ने भनेर हामीले केराको बोक्रालाई फ्याक्ने गर्छौ । तर, तपाईलाई थाहा छ, केराको बोक्रामा अनेक पोषक तत्व पाईन्छ । केराको बोक्रामा भिटामिन ’ए’ र लुटीन तत्व पाईन्छ । जसले आँखामा मोतिबिन्दु हुनबाट बचाउँछ र आँखाको रोशनी पनि बढाउँछ । साथै यसमा एन्टी–अक्सीडेन्टस, भिटामिन–बी र भिटामिन बी–६ पनि पर्याप्त मात्रामा पाईन्छ ।

भाण्टाको बोक्रा 

भाण्टाको बोक्रामा पनि पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ । भाण्टाको बोक्रामा पाइने न्योसोनिन एन्टी–अक्सिडेन्टले दिमाग र स्नायू प्रणालीमा हुने क्यान्सरबाट बचाउँछ । भाण्टाको बोक्रा खानाले यसमा पाइने फाइबरले शरीरको कोषहरुलाई बचाई राख्नमा मद्दत गर्छ । 

काक्रोको बोक्रा 

काक्रो खाँदा हामीले त्यसको बोक्रालाई सधैँ ताछेर फ्याक्ने गर्छौ । तर, काक्रोलाई बोक्रा नहटाई खायो भने शरीरमा क्याल्शियिम, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, भिटामिन ’ए’ र भिटामिन ’के’ को कमीलाई पूरा गर्न सकिन्छ । काक्रोको बोक्रामा फाइबर र एन्टी–अक्सीडेन्ट्स पनि पाईन्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-06-19 13:11:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts