मौसम परिवर्तन हुने समय बच्चालाई झाडापखलाको जोखिम उच्च(भिडियो सहित)



Download our app to get more features

च्चाको उमेर संवेदनशील उमेर हो । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि यो उमेरमा थोरै मात्र प्रतिकुल समय हुदा रोग लाग्न सक्छ । मौसम परिवर्तन हुने समयमा बच्चाहरुमा झाडापखलाको जोमिख उच्च रहन्छ । बाल रोग विशेषज्ञ डा.सुजय बर्माका अनुसार बच्चालाई पखला लाग्ने कारण र बचाउने उपाय यस्ता छन् :

दिसा वारम्वार गाडा वा सेतो पानी जस्तो पातलो हुनुलाई पखला लाग्नु भनिन्छ । पखलालाई धेरैले सामान्य रुपमा लिन्छन् । तर बालबालिकामा पखला धेरै मात्रामा लाग्यो भने शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुन जान्छ र उनीहरुको ज्यानै जान सक्ने खतरासम्म हुन्छ । त्यसैले पखला लाग्नुलाई सामान्य रुपमा लिनु हुँदैन । मौसम परिवर्तनको समयमा यस्तो समस्या बालबालिकामा बढी हुन्छ ।

पखाला लाग्ने कारण :
१. बासी फोहोर खाना खानु ।
२. ढुसी परेका खानेकुरा खानु ।
३. दुषित पानी वा दुध पिउँनु ।
४. पेटमा जुगा पर्नु ।
५. दिसा गरे पछि राम्रोसँग हात नधुनु ।
६. प्रदुषित वातावरण ।

पखला लाग्दा देखिने लक्षण :
१. पेट दुख्ने ।
२. जिब्रो सुख्खा हुने ।
३. तिर्खा बढी लाग्ने । 
४. शरीर आलस्य हुुने ।
५. हिड्डुल गर्न गाह्रो हुने ।

बच्चाहरुलाई पखाला लाग्दा प्रशस्त झोलियो कुरा खुवाउँनु पर्छ । जीवन जलको साथै सफा चामल भए चौलानी, गेडागुडीको रस, कागती पानी, फलफूलको जुस, काक्रो लगाएतका झोलियो कुरा खुवाउनु पर्छ । 
बच्चाहरुले जति मात्रामा पखला गर्छन्, त्यसको दोब्रर झोलियो कुरा खुवाउँनु पर्छ । अन्यथा शरीरमा पानीको मात्र कमी भई जलबियोजन लगाएतका समस्या आउँन सक्छ । 

पखाला लाग्दा दुध, चिया, कफी तथा फ्रिजमा राखेको खानेकुरा नखुवाएकै राम्रो मानिन्छ । पानी उमालेर मात्र पिलाउनु पर्छ । 

बच्चाहरुमा धेरै समयसम्म पखला लागिरहे शरीरमा पानीको साथै लवणहरु कमी हुनाले तुरुन्त चिकित्सकसँग परामर्श तथा नजिकको अस्पताल लानु पर्छ । 

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-19 13:30:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts