लमहीमा जिल्ला स्तरको १५ शैयाको अस्पातल



Download our app to get more features

देउखुरी, ११ चैत । दाङ देउखुरीका नागरिकहरुले अव सरकारी अस्पतालवाट सेवा लिन पाउने भएका छन् । नेपाल सरकारको मन्त्री परिषदको माघ १० गते सम्पन्न लमहीको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी लमही अस्पताल वनाउने निर्णय गरेपछी मंगलवारदेखि  अस्पतालवाट सेवा सुरु गरेको छ । अस्पतालको केही दिन पछी विधिवत उद्घाटन गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।  

दशौं तहका मेडिकल सुपरिटेन्डेनको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले अस्पतालबाट सेवा दिने छ । अहिले लमही अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मीहरु आईपुगेका छैनन् । 

मेडीकल अधिकृत, सिनियर अहेव, ल्याव असिस्टेन मात्रै कार्यरत रहेका छन् । दरवन्दीले पूर्णता पाएपछी अस्पतालले दिने सेवा सुविधालाई विस्तार गर्दै लैजाने नव नियुक्त मेडिकल अधिकृत डा. विमलेश गुप्ताले जानकारी दिए । अस्पतालवाट विरामी भर्ना, सर्जरी सेवा लगाएत अन्य सेवाहरु दिईने छ । तर, दरवन्दी पूर्ण र पूर्वाधार, प्रविधि थपियो भने मात्र सवै सेवाहरु क्रमस विस्तार हुने लाने अस्पतालले जनाएको छ । 

मेडीकल अधिकृत र अस्पताल विकास समितिका अध्यक्षलाई स्वागत
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमही अस्पतालको नयाँ मेडीकल अधिकृत डा. विमलेश गुप्ता र अस्पताल विकास समितिका अध्यक्षमा चेतराम चौधरीलाई नियुक्त गरी पठाएको छ । मेडीकल अधिकृत गुप्ता र अस्पताल विकास समितिका अध्यक्ष चौधरीलाई मंगलवार स्वागत गरिएको छ । मंगलवार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गरिएको हो । 

यस अघिको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका निवर्तमान ब्यवस्थापन समितिका जेष्ठ सदस्य टोल बहादुर कुमालको अध्यक्षता एवम् जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देउखुरीका नागरिकहरुलाई सेवाको विस्तार गर्दै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सवैले ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । 

Last modified on 2017-06-19 13:31:41

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts