आन्तरिक टर्मिनल भवनमा  नर्भिकको निःशुल्क आकस्मिक चिकित्सा कक्ष



Download our app to get more features

काठमाण्डौं, ११ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क आकस्मिक स्वास्थ्य उपचार क्लिनिक सञ्चालनमा ल्याएको छ । 

आज नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरी र विमानस्थल स्थित नागरिक उड्यान कार्यालय, नागरिक उड्यान प्राधिकरणका महाप्रबँधक देवानन्द प्रसाद उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

हस्पिटलले आकस्मिक क्लिनिकबाट आन्तरिक अवाई यात्रुहरुमा आइपर्न सक्ने कुनै पनि स्वास्थ्य समस्याको आकस्मिक चिकित्सा कक्षबाट सेवा दिने हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले बताइन् । 

आकस्मिक चिकित्सा कक्षमा चिकित्सक, नर्स, प्यारामेडिकहरुले बिहान देखि बेलुकासम्म नै सेवा दिने हस्पिटलले जनाएको छ । साथै आकस्मिक चिकित्सा कक्षबाट निबुलाइजेसन, इ.सी.जी. सेवा, रक्तचाप मापन यन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राणवायुको मात्रा/संतृप्ति (Oxygen Saturation), ट्रली शैया र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटको सेवा/सुविधा समेत दिने हस्पिटलको दाबी छ । 

आकस्मिक चिकित्सा कक्ष नजिकै मोवाइल सी.सी.यु. (अति विशिष्ट एम्बुलेन्स)को सेवा समेत उपलब्ध हुने हस्पिटलले जानकारी दिएको छ । 
 

Last modified on 2017-06-19 13:32:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts