एशोसियसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपालको भेला काठमाण्डौंमा



Download our app to get more features

काठमाण्डौं, ११ चैत । प्याथोलोजिस्टहरुको संगठन ‘एशोसियसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल’ले नवौं भेला बिहिबारदेखि काठमाण्डौं चलिरहेको छ ।  

यस भेलामा पाचौं सार्क एकेडेमी अफ साइटोप्योथोलोजी एण्ड हिस्ट्रोप्याथोलोजीका साथ अन्तर्राष्ट्रियस्तरको भेलाको आयोजना गरेको एशोसियसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपालका अध्यक्ष प्रा.डा. गोपी अर्यालले जानकारी दिए । 

भेलामा विभिन्न प्याथोलोजी बिषयको अध्ययन तथा अध्यापन गराउने संस्था, प्याथोलोजी सेवा दिने संस्था चिकित्सक लगायतको सहभागिता रहेको छ । नेपालमा करीब दुई सयको संख्यामा प्याथोलोजीक चिकित्सक रहेको एशोसियसनले जनाएको छ । 

दक्षिण एसियाली राष्ट्रका साथै अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त प्याथोलोजीका विशेषज्ञहरुको जमघटले हौसला तथा उत्प्रेरणाका साथै नयाँ प्रविधिको लागि सहयोग पुग्ने एशोसियसनका अध्यक्ष डा. अर्यालले बताए । 

सम्मेलन चैत १० गतेदेखि १२ गतेसम्म काठमाण्डौंमा भइरहेको छ । 

Last modified on 2017-06-19 13:33:05

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts