पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण सवै जिल्लामा निःशुल्क हुने



Download our app to get more features

नुवाकोट, ९ चैत । स्वास्थ्य मन्त्रालय अन्र्तगत परिवार स्वास्थ्य महाशाखाले नुवाकोटमा एक दिने प्रजनन् स्वास्थ्य सम्बन्धि सम्पुर्ण स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ ।

जिल्लाको बट्टारस्थित आर्दश बहुमुखि क्याम्पसमा सञ्चालन गरेको एकदिने प्रजनन स्वास्थ्य सम्बन्धि सम्पूर्ण परीक्षण निशुल्क गरिएको हो । स्वास्थ्य मन्त्रालयले ७५ वटै जिल्लामा सञ्चालन गर्न लागेको भनिएको प्रजनन सम्बन्धि निशुल्क शिविर अन्र्तगत पहिलो चरणको शिविर नुवाकोट जिल्लाबाट शुरु गरेको हो ।

परिवार महाशाखाका निर्देशक  नरेश प्रताप केसीले प्रजनन् स्वास्थ्य शिविरमा २ सय ७१ महिलाको स्वास्थ्य परीक्षण गरीएको बताए । केसीका अनुसार ती मध्ये पाँच महिलालाई पाठेघरको मुखको क्यान्सर परिक्षण लागी भिआइए टेस्ट गरी क्रायोथेरापी गरीएको छ । उनले क्रायोथेरापी गरेपछि पाठेघरको मुखको क्यान्सबाट बच्न सकिने बताए । त्यस्तै परीक्षणको क्रममा ८ जना महिलामा आङ्ग खस्ने समस्या देखिएको र ती मध्ये चार जनालाई पेसिङ्ग रिङ्ग राखिएको केसीले जानकारी दिए । उनका अनुसार ८४ जना महिलामा एचआइभी परिक्षण गरीएकोमा कसैमा एचआइभी देखिएन । 

त्यस्तै शिविरमा पाँच जना पुरुषलाई परिवार नियोजन भ्यासेक्टोमी समेत गरीएको छ । शिविरमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे, डा.मधुकर दाहाल, डा निरज कुमार सिंह, डा सुर्य भुषाल तथा १० जनाको नर्ससहितको स्वास्थ्यकर्मीको टोली संलग्न थिए । परिवार स्वास्थ्य महाशाखाका निर्देशक केसीले महिलाको पाठेघरको मुखको क्यान्सरबाट महिलाहरुलाई बचाउन प्रयोग गरिने क्रायोथेरापी मेसिन आजै नुवाकोट जिल्ला अस्पताललाई हस्तान्तरण गरीएको पनि बताए । यो मेसिनबाट महिलाले समयमै क्रायोथेरापी गराए पाठेघरको मुखको क्यान्सबाट बच्न सकिन्छ ।

२० जिल्लामा प्रजनन स्वास्थ्य शिविर गरिने 

यसैबीच, स्वास्थ्यमन्त्री गगन थापाले नुवाकोटबाट सुरु भएको प्रजनन् स्वास्थ्य शिविर देशैभर विस्तार हुँदा धेरै नागरिकले सुलभ सेवा पाउनसक्ने बताएका छन् । नुवाकोटमा शिविर भएको उपलक्ष्यमा शुभकामना वक्तव्य निकाल्दै मन्त्री थापाले विभिन्न परिवार नियोजनका प्रकृयाका साथै महिलालाई हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायत रोगको न्युनिकरण र नियन्त्रणका लागि सहयोगी हुने विश्वास व्यक्त गरे ।उनले तत्काल थप २० स्थानमा पनि प्रजनन स्वास्थ्य मेला संचालन गरिने छ बताए । आगामी बर्षदेखि क्रमश यसलाई सवै सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने पनि मन्त्री थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण सवै जिल्लामा हुने 

स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण सेवा सुरु गर्ने भएको छ ।  नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो । 

 

पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि एचपीभी भ्याक्सिन 
त्यस्तै सरकारले अहिले चितवन र कास्कीमा एचपीभी भ्याक्सीन दिने कार्यक्रम गरिरहेको छ । यो भ्याक्सीन लगाएपछि पाठेघरको मुखको क्यान्सर हुने संभावना निकै कम हुन्छ । क्रमश यो सेवा सवै जिल्लामा पुर्याउने प्रयास गरिरहेको मन्त्री थापाको भनाइ छ । 

Last modified on 2017-06-19 15:04:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts