पायल्स भएको त छैन ? बेलैमा उपचार नगरे क्यान्सर होला है !



Download our app to get more features

झैपनि हाम्रो समाजमा गुप्त अंगहरुमा आउने समस्या वा रोगबारे खुलेर कुरा गर्ने या सुरुवाती चरणमै उपचार गरिहाल्ने संस्कार बसिसकेको छैन ।

यही सोच र र हेलचेक्र्याइँका कारण सामान्य रोग लाग्दापनि बेलैमा उपचार नभएर गम्भीर प्रकृतिका रोगको सिकार हुनु परेको छ धेरैले । यस्ता रोग मध्ये पायल्स पनि एक हो । पायल्स के कारणले हुन्छ ? समयमै यसको उपचार नभए कस्ता जटिलता आउन सक्छ ? मलद्धार विशेषज्ञ डाक्टर राजीव घिमिरेसंँग गरिएको कुराकानी...

पायल्स भनेको के हो ?
दिशा सहज तरिकाले नहुनु वा लामो समसम्म कनिरहनु,दिशा पटक पटक आउँनु या दिशानै नआउँनु जसले गर्दा मलद्धारका नशाहरु सुनिन्छन् र यसले डल्लोको आकार लिन्छ यसलाईनै पायल्स भनिन्छ ।

पायल्स हुने कारण
१.अस्वस्थ खानपान 
२.तनाव 
३.वंशाणुगत गुण
४. अत्याधिक धुम्रपान तथा मध्यपानको सेवन
५.अनिन्द्रा 
६.पानी कम खाने 
७.शारीरिक व्यायाम कम गर्ने ।
पायल्सका लक्षण
१. कब्जियत हुने ।
२.मलद्धारमा मासुको डल्लो देखिने ।
३.मलद्धार चिलाउने ।
४.अलिपछि भएपछि पिचकरीले हाने जस्तो रगत देखिने ।
पायल्सका चरणहरु 
१.पहिलो चरण: दिशा गर्दा अप्ठ्यारो हुने,पेट फुले जस्तो हुने, दिशा धुँदा हल्का मासुको हातले भेट्ने ।
२.दोस्रो चरण: दिशा गर्दा मासु हल्का बाहिर आउने तर पछि आफै जाने । कसैकसैमा दिशामा रगत आउँन पनि सक्छ ।
३.तेस्रो चरण: मलद्धारको वरीपरी तीन ठाउँबाट मासुको डल्ला देखिन्छ । दिशा गरेर उठेपछि त्यो मासुका डल्लालाई ठेलेर भित्र पठाउनु पर्छ । रगत आउँछ ।
४.चौथो चरण : मासु बाहिर आएपछि घचाटेर पनि भित्र लान गाह्रो पर्छ । रगत आउँछ । दिशा गर्न धेरै अप्ठ्यारो पर्छ ।

 

गर्भवती महिलामा पायल्सको संभावना बढी हुन्छ ।

पायल्सबाट बच्ने उपाय
स्वस्थ खाना खाने । हरियो सागपात, सिजन अनुसारका फलफुल खाने । माथिका कुनै पनि लक्षण देखिए तुरुन्त विशेषज्ञकोमा उपचार गराउने ।
पायल्सलाई सामान्य रुपमा हुँदैन । यसको बेलैमा उपचार नगरे छाला,पेट लगायत अन्य अंगमा विभिन्न रोग लाग्न सक्छ । पछि गएर क्यान्सरको सम्भावना प्रबल रहन्छ । 

डा. घिमिरेसँग सर्मिला थापाले गरेको कुराकानीमा आधारित 

Last modified on 2017-06-19 15:06:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Ramchandra pd jaiswalon Sun, Apr 09 2017 12:51 PM

    malaee ragat aaudaina,kunai bela chilau6 matra,left side vitra halka masu palayeko 6

  2. डाक्टर नमस्कार मलाई पनी मलद्वार चिलाउने र बेलाबेलामा रगत देखिने गर्छ।तर मासु पलाएको छैन। अब मैले के गर्दा हुन्छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts