बाथ मुटुरोगबाट बालबालिका बढी प्रभावित, समाधानका उपाय



Download our app to get more features

बाथ ज्वरोको सुरुवात घाँटीको संक्रमणबाट हुन्छ । विद्यालय जाने बच्चामा घाँटीको संक्रमण बढी हुने देखिन्छ । एउटा बच्चाबाट अर्को बच्चामा घाँटीको संक्रमण सर्ने सम्भावना पनि बढी हुन्छ । स्टेप्टोकोकस ब्याक्टेरियाबाट घाँटीको संक्रमण भएमा बाथज्वरोको सम्भावना बढी हुन्छ । पटक–पटक आउने बाथज्वरोका कारण बच्चाको मुटुको भल्भ खुल्दा र बन्द हुँदा देखिने समस्यालाई बाथ घाँटीको संक्रमणमा बाथज्वरोको संक्रमण कम हुन्छ । स्टेप्टोकोकस ब्याक्टेरियाबाट घाँटीको संक्रमण भएमा बच्चाको टन्सिल तथा यसको वरपपरको भाग रातो भएको र सुन्निएको हुन्छ ।

बाथज्वरो आउँदा

♦ ज्वरो आउन सक्छ ।

♦ घाँटीमा गिर्खाहरु देखापर्छन् ।

♦ हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने, सुन्निे, रातो हुने र हिँड्नै नमिल्ने हुन्छ ।

♦ यस्तो अवस्थामा एन्टिबायटिकको प्रयोग गर्नुपर्छ ।

♦ यषे ज्वरोको प्रकोप बढ्दै गएर मुटुको भल्भ र मांसपेशीमा असर देखापर्छ ।

♦ एकपटक बाथज्वरो भए मुटुको भल्भ खुल्ने र बन्द हुने काममा समस्या देखापर्न थाल्छ ।

बाथ मुटुरोगका लक्षण

♦ ज्वरो आउने ।

♦ घाँटीमा संक्रमण हुने ।

♦ मुटु ढुकढुक गर्ने, छाती दुख्ने ।

♦ स्वाँस्वाँ हुने ।

♦ छालामुनि गिर्खा देखिने ।

♦ रातो विमिरा आउने ।

♦ हातमुखको असामान्य चाल आउने ।

♦ खुट्टा सुन्निने ।

जोखिम वर्ग 

♦ ५ देखि १५ वर्षका बालबालिका ।

♦ घाँटीमा बढी संक्रमण हुने र पहिल्यै बाथज्वरो भइसकेका बालबालिका ।
♦ परिवारका अन्य कसैलाई पहिल्यै बाथज्वरो भएमा ।

♦ बाथज्वरोको रोकथामको सुई या चक्की नियमित प्रयोग नगरेमा ।

रोकथाम तथा उपचार

♦ बाथ मुटुरोग हुन नदिन घाँटीको संक्रमण र बाथज्वरो नै आउन नदिनु पहिलो र भरपर्दो रोकथाम हो ।

♦ यदि बाथ मुटुरोग भइसकेको अवस्थामा चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन र सुई लगाउनुपर्छ ।

♦ समस्या बढी भएको छ भने सर्जरी गर्नुपर्ने हुन्छ । यसरी सर्जरी गरि सकेपछि रगत पातलो बनाउने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।

♦ भल्भ परिवर्तन गरेको बिरामीले नियमित रगत र मुटुको परीक्षण गराउनुपर्छ र सँधै चिकित्सकको निगरानीमा रहनुपर्छ ।

Last modified on 2018-12-30 08:59:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts