NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

दिल खोलेर हाँस्नुस् , खुसीको साँचो तपाईंसँगै छ...
सन्दर्भ: अन्तराष्ट्रिय खुसी दिवस

दिल खोलेर हाँस्नुस् , खुसीको साँचो तपाईंसँगै छ...

Deurali_Janta_Pharmaceutical

काठमाण्डौ । भनिन्छ जो हाँस्छ अनि नाच्छ उ धेरै बाँच्छ । जीवनमा दुःख पीडा सबैसँग हुन्छ, त्यो पीडा भित्रपनि खुसी खोज्न सके जीवन आफै मुस्कुराउँछ । हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य दुवैका लागि फाइदाजनक छ । मानिस दिल खोलेर हाँस्छ भने उसको तनाव हट्नुका साथै शरीरलाई राम्रो कसरत पनि हुन्छ ।

अन्तराष्ट्रिय अध्ययनअनुसार १५ मिनेट दिल खोलेर हाँस्नाले शरीरमा रक्तप्रवाह बढ्छ, यसले हृदयरोगबाट बच्न थप मद्दत पु¥याउँछ । मेरिल्यान्ड विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताहरूले २० जना स्वस्थ वयष्कलाई अध्ययनका लागि २ समूहमा बाँडेका थिए । पहिलो समूहलाई अत्यधिक हाँसो उठ्ने कमेडी फिल्म देखाइयो भने दोस्रो समुहलाई युद्धको दृश्य भएको फिल्म देखाइएको थियो । यस अवधिमा दुवै समूहको धमनीले गरेको कामको पनि अनुमान गरिएको थियो ।

जुन समूहले हँसाउने फिल्म हेरेका थिए, उनीहरूको रक्तवाहिनी नलीको मुखको गोलाइ २२ प्रतिशत वृद्धि भएको थियो । यसको ठीक विपरीत युद्धको दृश्य भएको फिल्म हेर्नेहरूको रक्तवाहिनी नलीको मुख ३५ प्रतिशत खुम्चिएको थियो । रक्तवाहिनी नलीको  गोलाइ बढ्नाले उसको रक्तसञ्चार राम्रोसँग हुन्छ र मुटु तथा रक्तवाहिनी नलीलाई भार पर्दैन । त्यसैले राम्रो स्वास्थ्यका लागि १५ मिनेट दैनिक दिल खोलेर हाँस्नुपर्छ ।

त्यसैले पीडा र असहजतालाई भुल्दै दैनिक १५ मिनेट दिल खोलेर तथा आवाज निकालेर हाँस्नुस् स्वस्थ जीवनको रहस्य खुशीमै छ । 
 


 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top