मुख स्वास्थ्य दिवसमा केडिसी अस्पतालले गर्यो दाँत शिविर 



Download our app to get more features

काठमाण्डौ, ७ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले राजधानीको धापासीमा रहेको धापासी माध्यमिक विद्यालयमा निशुल्क दाँत तथा मुख परीक्षण शिविरको सम्पन्न गरेको छ । शिविरमा विद्यालयको कक्षा १ देखि ५ कक्षा सम्मका १ सय ६० जनाको दाँत तथा मुख परीक्षण गरिएको अस्पतालले जनाएको छ । 

डा. स्मिता ढकालको नेतृत्वमा गएको २० जना चिकित्सकको टोली परीक्षणमा खटिएको हो । परीक्षणका क्रममा अधिकांश विद्यार्थीको दाँत किराले खाने र गिजामा समस्या देखिएको डा. ढकालले बताइन् ।शिविरमा मुख स्वास्थ्यको आवश्यकता र महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी पनि गराइएको थियो ।साथै स्वास्थ्यकर्मीको टोलीले ब्रस गर्ने तरिका सिकाउनुका साथै निशुल्क रुपमा ब्रस समेत उपलव्ध गराएका थिए ।

अस्पतालका अध्यक्ष  डा बुद्धिमान श्रेष्ठले निशुल्क स्वास्थ्य परीक्षणसंगै बालबालिकाको मुख तथा दन्त स्वास्थ्यको अध्ययन पनि सुरु गरिएको बताए । स्कुले बालबालिका दाँत तथा मुख स्वास्थ्यमा कति सचेत छन् भन्ने विषयमा अनुसन्धान गरिने डा. श्रेष्ठको भनाइ छ । 

Last modified on 2017-06-19 15:36:10

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts