७ सय ४४ वटै स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल बनाइने



Download our app to get more features

काठमाडौ, ७ चैत । सरकारले हरेक स्थानीय तहमा कम्तीमा १५ बेडको अस्पताल रहने ब्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले बिज्ञप्ती जारी गरि सबै स्थानीय तहमा संविधान तथा स्वीकृत कार्य्विस्तृतीकरण बमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नुका साथै कम्तिमा १५ शैयाको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।

मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहमा नेपाल सरकारबाट खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्देशन दिएको हो ।

सो ब्यवस्था लागू हुदा ७ सय ४४ वटै स्थानीय तहमा १५ बेडको अस्पताल सञ्चालनमा आउनेछन् ।

 

 

Last modified on 2017-06-19 15:36:34

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts