रौतहटमा मंगलबारदेखि स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको बृहत स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, ७ चैत । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा मंगलबारदेखि एक हप्ते बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रौतहटको जिल्ला अस्पताल र व्यारेक फिल्डमा मंगलबार देखि १४ गते सम्म हुने बृहत स्वास्थ्य शिविरका लागि विषेशज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मी, मोवाईल हस्पीटल, औषधी र उपकरणहरु शिविरस्थलमा पु्याईसकेको मन्त्रालयले जनाएको  छ ।

सो शिविरमा हाईड्रोसिल, हर्निया, पत्थरी, पायल्स, पाठेघर लगायतको ंशल्यक्रिया गर्नुका साथै अन्य रोगहरुको पनि परिक्षणको व्यवस्था गरिएको मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंहले जानकारी दिए ।  धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराह, सप्तरी, मकवानपुर, सिन्धुली लगायतका जिल्लाका बासिन्दालाई लक्षित गरी साताव्यापी शिविर आयोजना गरिएको उनले बताए ।

सवै जिल्लामा शल्यक्रिया सहितको विषेशज्ञ सेवा पुग्न नसकिरहेका बेला यस्ता शिविर मार्फत् निःशुल्क स्वास्थ्य सेवा पाई स्थानीय बासिन्दा लाभान्वीत उनले बताए ।
मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सैनिक अस्पतालमा आम नागरिकले पनि उपचार सेवा पाउनेगरी ओपीडि सेवा सुरु गराउने, विशिष्ट व्यक्तिहरुको उपचारलाई प्रभावकारी बनाउने लगायतका धेरै कामहरु यसअघि नै भईसकेका छन् ।

फाइल फोटो

 

Last modified on 2017-03-20 22:41:37

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts