मुख स्वास्थ्यलाई व्यवस्थापन महाशाखा भित्रै किन खुम्च्याइयो मन्त्री ज्यू ?



Download our app to get more features

काठमाडौ, ७ चैत । सरकारले स्वास्थ्यका अन्य विषयलाई प्राथमिकतामा राखेपनि मुख स्वास्थ्यको बिषयलाई भने हेँला गरेको सरोकारवालाहरुले आरोप  लगाएका छन्  । “विश्व मुख स्वास्थ्य दिवस” का अवसरमा नेपाल डेन्टल एसोसिएसनद्धारा सोमबार आयोजित कार्यक्रममा दन्तचिकित्सकहरुले मुखस्वास्थ्यलाई राज्यले हेँला गरेको गुनासो गरेका हुन् । 

कार्यक्रममा एशोसिएसनका महासचिव मनोज हुमागाईंले सरकारले स्वास्थ्यका अरु विषयलाई प्राथामिकतामा राखेको भएपनि जनस्वास्थ्यको महत्वपूर्ण बिषय मुख स्वास्थ्यलाई भने बेवास्ता गरेर मन्त्रालय अन्र्तगत ब्यवस्थापन बिभागको सानो ‘फोकल प्वाइन्ट’मा मात्र सीमित गरेको आरोप लगाए । 

सरकारको मुख स्वास्थ्य कार्यक्रमकी फोकल पर्सन डा. शैली प्रधानले सरकारले ल्याएको ‘राष्ट्रिय मुख स्वास्थ्य नीति २०७०’ ले नेपालका सम्पूर्ण जनताले मुख स्वास्थयको गुणस्तरीय सेवा पाउने कुरा उल्लेख गरिएपनि २०७३ सम्म आइपुग्दासम्म कार्यान्वयन हुन नसकेको स्वीकार गरिन् । उनले नीति अनुसार प्राथमिक स्वास्थ्य केन्द्रसम्म एउटा दन्तचिकित्सक पठाउने भनिएपनि सरकारले कार्यान्वयन नगर्दा दुर्गमका जनता अझैपनि मुखस्वास्थ्य सेवाबाट बञ्चित हुनपरेको समस्या औल्याइँन । 

दिवसको मूल समारोह समितिका अध्यक्ष डा. सुवास घिमिरेले मुख खानेकुराको प्रवेशद्धार भएकाले जतिसुकै हाइजेनिक खानेकुरा खाएपनि मुख स्वस्थ नभए मुटु, मृगौला, पेट लगायतका अगंहरुमा समेत बिभिन्न समस्या आउने बताए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका दन्त चिकित्सक र दन्तचिकित्सा  सेवा कुनै देशको भन्दा कम नभएको बताउ । उनले स्वस्थ व्यक्तिले मात्र देशलाई योगदान पुर्याउन सक्ने भएकाले सबैलाई मुखस्वास्थ्यमा ध्यान दिन आग्रह गरे । ‘कोही पनि नेपाली दाँतको उपचार गर्न बिदेश जानुपरेको सुन्नमा आएको छैन, यो देशको लागि ठूलो गौरवको विषय हो’, उपराष्ट्रपति पुनले भने, ‘यति हुँदाहुँदै पनि जनताले मुख स्वास्थ्य सेवा पाउन नसक्नु दुःखलाग्दो बिषय हो ।’ उपराष्ट्रपति पुनले सरकारले तीनवर्षअघि ल्याएको मुखस्वास्थ्य नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे । 

‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मुल नाराका साथ यसबर्षको बिश्व मुख स्वास्थ्य दिवस मनाइएको हो । जस अन्तर्गत एशोसियसले बिहान राजधानीको विभिन्न स्थानमा र्याली निकालेको छ भने निःशुल्क दन्तपरीक्षणका कार्यक्रमहरु पनि राखिएका छन् ।

Last modified on 2017-06-19 15:37:06

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts