गुणस्तरीय मुख स्वास्थ्य सेवा विस्तारका चुनौति र अवसर 

सन्दर्भः विश्व मुख स्वास्थ्य दिवस



Download our app to get more features

मानिस जन्मिएपछि स्वस्थ भई बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । स्वास्थ्य सेवा आमजनतालाई आवश्यक पर्ने अत्यावश्यक सुविधामध्ये एक हो । दन्त स्वास्थ्यलाई थाहा पाई वा नपाई प्राथमिकतामा राखिएको पाइँदैन । पछिल्लो समय दन्त स्वास्थ्य सेवामा थोरै भएपनि सुधारका लक्षण देखिन थालेका छन् । दुई वर्ष पहिला गएको महाभुकम्पमा मुहारका हड्डी भाँचिएर अंगभंग भएका हजारौं नागरिकलाई आफ्नै देशका सरकारी तथा प्राइभेट अस्पतालका चिकित्सकले सफलतापूर्वक उपचार गरेर देखाउनु यसको ज्वलन्त उदाहरण हो । यतिमात्र नभई पछिल्लो समयमा देखिएका मुख तथा मुहारमा देखिएका जटिल प्रकारका Tumoors, Cvsts Aancer र अन्य समस्याहरुको समाधान नेपाली दन्त विशेषज्ञले सफलताका साथ सम्पन्न गरेको कैयौं उदाहरणहरु हामीसम्म छन् । गुणस्तरीय दन्त स्वास्थ्य सेवाका लागि देशको आर्थिक अवस्था, राजनीतिक स्थिरता, चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता, अस्पतालहरुको भौतिक पूर्वाधार, बाटोघाटोको सर्वसुलभता, नागरिकको जनचेतना, स्वास्थ्यप्रतिको संवेदनशिलता, देशको शैक्षिक अवस्थादेखि लिएर स्वास्थ्यकर्मीको बोलीचाली जस्ता ससाना कुराको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । 

कुनै पनि मानिस अस्पतालमा आउँदा केही न केही पीडा, दर्द वा समस्या लिएर आउने गर्छ । त्यसमाथि दन्त पीडा त असह्य हुने गर्छ । बिरामीको पीडा र रोगको प्रकार हेरिकन प्राथमिकता अनुरुप सेवा दिनु पर्छ । तर, यहाँ बिरामीलाई घण्टौं लाइनमा बस्नु पर्ने, लाइन पछि विशेषज्ञ भेट्नु फेरि लाइन बस्नु, त्य पछि रगत र अन्य परीक्षण गर्न लाईन बस्नु पर्ने । अन्तमा सबै रिपोर्ट जम्मा गरेपछि चिकित्सकलाई देखाउन अर्को कुनै दिन फेरी लाइन बसेर आउनु पर्छ । यस्ता समस्याहरु सरकारी अस्पतालमा बढी देखिन्छ । जसले गर्दा बिरामीको पीडा कम हुने त कहाँ कहाँ झन बल्झिन्छ । प्राइभेटमा अलि कम देखिन्छ । 

यस्तो प्रतिकुल अवस्थामा बिरामीमा नैराश्यता, खिन्नता, असन्तुष्टि र आवेग पैदा हुनु स्वभाविक हो । त्यस कारण गूणस्तरीय उपचारको सुरुवात अस्पतालको पहिलो लाइनमा काम गर्ने कर्मचारीबाट सुरु हुन्छ । अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीका मिठो बोलीले बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । टिकट काट्ने काउन्टर, सोधपुछ कक्षदेखि लिएर अस्पतालमा काम गर्ने सुरक्षा गार्डको मीठो बोली बिरामीको उपचारको लागि महत्वपूर्ण पाइला हो । तर धेरै अस्पतालमा यी कुराले त्यति धेरै महत्व राखेको पाइदैन । झन प्रत्यक्ष संलगंन भएको चिकित्सको महत्व त कति हुन्छ भन्ने कुराको विश्लेषण गर्नु जरुरी छैन । मीठो बोलीमा बिरामीको रोगको बारेमा सम्झाउँदा आधा रोग सञ्चो भएको महसुस गर्छन् । शल्य चिकित्सकको दक्षता त अर्को पाटो हो । राम्रो दक्षता हुँदाहुँदै पनि स्पष्ट रुपमा सम्झाउदा नसक्दा बिरामीहरु भित्रदेखि सन्तुष्ट नहुन सक्छन् । 

वास्तवमा भन्ने हो भने चिकित्स (झन शल्यचिकित्सक) पेशा आफ्नो र आफ्नो परिवारका लागि भन्दा दीनदुखी र असहायका लागि हो भन्ने फराकिलो सोचाई आत्मसात गर्दा चिकित्सकलाई नै ठूलो सन्तुष्टि मिल्छ । मीठो बोली, दक्ष ज्ञान, राम्रो हात भएका चिकित्सकले नै बिरामीको रोगको निदान गर्न सक्छ । दन्त स्वास्थ्य सेवाको अर्को महत्वपूर्ण पक्ष भनेको चिकित्सकहरुको आफ्नो पीडा वा व्यथा हो । गूणस्तरिय दन्त स्वास्थ्य सेवा प्रदान गर्न खटिएका दन्त चिकित्सकको पनि आफ्नो परिवार, छोराछोरी, बुवाआमा लगायत आफ्नै छुट्टै समाज छ । अरुलाई जस्तै चिकित्सकलाई पनि आफ्नो परिवार चलाउनु पर्ने देखि लिएर आर्थिक व्यवहार बहन गर्नुपर्ने हुन्छ । त्यसैले चिकित्सकलाई सधै तल्लो स्तरको तलबभत्ता दिएर काममा रगडाउँदा परिस्थिति अनुकुल हुँदैन । कमसेकम दैनिक जीविकोपार्जन गर्न पुग्ने पारिश्रमिक समयानुसार समागोजन गर्दै जाने हो भने चिकित्सकहरु बिहानदेखि बेलकीसम्म एउटै अस्पतालमा बसी काम गर्ने मात्र नभई पढाई लेखाइ लगायत अनुसन्धानमूलक काममा संलग्न भई खोजपत्र विभिन्न कन्फ्रेन्समा पेस गर्ने देखि गूणस्तरिय स्वास्थ्य सेवामा थप मद्दत मिल्ने अवस्था आउँछ । 

विभिन्न अस्पतालहरुले चिकित्सकहरुलाई ज्यालादारीमा काम गर्न वाध्य पारेको अवस्था छ । एउटा गए अर्को आउँछ भन्ने अत्यन्त संकिर्ण र कलिलो सोच अस्पतालले बनाउँदा चिकित्सकको मनोबल घट्नुका साथै पेशाप्रति नकारात्मक सोच पैदा हुन थाल्छ । रोजगार पाउन पनि दक्षता भन्दा भनसुन र सिन्डिकेटको आडमा चिकित्सकलाई छनोट गर्ने अनि सिनियरहरुले जुनियरहरुलाई सहयोगी वातावरण सिर्जना नगरिदिँदा अहिलेको अवस्थामा काम गर्न चिकित्सकहरु निकै गाह्रो छ । अस्पतालहरुमा कुनै पनि कारणले बिरामीको मृत्यु हँुदा चिकित्सकलाई दोषी मान्ने, बिरामीको तर्फबाट नकारात्मक सोचाई राखेर झै झगडा गर्ने, अस्पताल तोडफोड गर्ने, अभद्र व्यवहार गर्ने क्षतिपूर्ति माग्ने जस्ता कार्यले दीर्घकालिन रुपमा फाइदा गर्दैन । कुनै पक्ष्षलाई अन्याय भएको महसुस भएमा कानुनी प्रक्रियामा गई छिनोफानो गर्नुपर्छ ताकी भविष्यमा गल्ती नहोस् र गल्ति गर्नेलाई कानुनी दायरामा ल्याएर सजायको भागी गर्न सकुन् । 

अर्को पक्ष भनेको नेपालका नेतादेखि हुने खानेहरु सरकारी ढुकुटीबाट पैसा खर्च गरी बिदेशमा स्वास्थ्य परिक्षण गर्न जाने प्रविधिले पनि यहाँका चिकित्सकको मनोवल घट्ने हुन्छ । आफ्नो देशमा हुने रोगको उपचार यहि गरी अस्पताल र चिकित्सकको भरोसा कायम गरिदिने वातावरण हुनुपर्छ । आफ्नै देशका चिकित्सक र अस्पताललाई भरोसा नगर्ने वा भरोसा गर्ने वातावरण नमिलाउने हो भने हाम्रो स्वास्थ्य सेवा कहिले गूणस्तरिय हुने अनि गूणस्तरिय बनाउन कसले पहल गर्ने ?

नेपालमा भएका अस्पतालहरुको सेवा सुविधा र कार्यदक्षता बढाउनु पर्छ, अत्याधुनिक उपकरण प्रयोगमा ल्याउनु पर्छ, आफ्नै देशका चिकित्सकहरुको गुणात्मक शिक्षालाई ध्यान दिएर कार्य कौशलता र दक्षताको बृद्धि गर्नुपर्छ, देशको चिकित्सा शिक्षा प्रणाली उच्चस्तरको हुनुपर्छ, स्वास्थ्य सेवा गरीब र असहाय जनताको पहुँचमा हुनुपर्छ र सम्पूर्ण अस्पतालको शुल्कमा सरकारले निगरानी गर्नुपर्छ । कुनै पसनि नागरिकले आर्थिक अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुनु हुदैन । उनी मात्र देशका नागरिकले गूण्स्तरिय स्वास्थ्य सेवा अनुभूति गर्नेछन् । 
सरकारी र प्राइभेट अस्पतालहरुलाई सरकारले समय समयमा निरिक्षण गरी स्वास्थ्य सेवा प्रभाह गुणस्तरीय छ छैन भनि सर्वसाधारणलाई थाहा दिनु पर्छ । गाउँ गाउँ, जिल्ला जिल्लामा दन्त चिकित्सा सेवाको विस्तार गरी सर्वसुलभ मूल्यमा गूणस्तरिय दन्त स्वास्थ्य सेवा प्रदान गर्न सक्ने कुरामा दुई मत नहोला । युवा पुस्ताले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान  गरी सिनियर चिकित्सकको अनुभवलाई साथमा लिएर हरेक जनतले पाउनु पर्ने गूणस्तरिय स्पास्थ्य सेवामा हामीले टेवा पुर्याउन सकिनछ आफ्नै देशमा । 

Last modified on 2017-06-19 15:37:32

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts