बच्चाको मनपर्ने रंगबाट थाहा हुन्छ उसको व्यक्तित्व !



Download our app to get more features

ज हामीहरु बच्चालाई मनपर्ने रंगबाट यसको व्यक्तित्वको राज बताउँदै छौं । यसको पछाडी कुनै पनि वैज्ञानिक कारण छैन । यद्यपी मनोविद्हरुले बच्चाहरुलाई मनपर्ने रंगमा उनीहरुको विशेषता निर्भर हुने दावी गरेका छन् । 

बच्चाको व्यक्तित्व
बच्चाको विशेषता यस्तो हुन्छ की उ सानोमा धेरै मजा तथा इमानदारीका साथ जिउने गर्छन् । कुनै कुनै बच्चा स्वभावले थोरै शान्त हुन्छन् भने कुनै कुनै बच्चा थोरै चन्चल प्रकृतिका हुन्छन् । कुनै बच्चा यस्ता हुन्छन् की उनीहरु मिलिजुली बस्न मन पराउने हुन्छन् । कुनै बच्चा एक्लै बस्न मन पराउँछन् । तर, कतिपय अवस्थामा अभिभावक यी कुरा थाहा पाउन ढिला गर्छन् । आज हामी बच्चाको मन पर्ने रंगबाट उसको व्यक्तित्वको राज बताउदैछौं । 

नीलो रंगः नीलो रंग मन पराउने बच्चा न त धेरै सिधा र शालिन हुन्छन् । यी बच्चाहरुमा खेलकुदको साथ साथै पढाइ पनि मन पराउने हुन्छ । अर्थात यी बच्चाहरु आफुलाई सिद्ध देखाउन कुनै कसुर बाँकी राखेका हँदैनन् । आफ्नो काममा ध्यान दिने र अरुसँग फाल्तु बोल्ने बानी हुदैन ।

रातो रंगः  रातो रंग मन पराउने बालबालिका सवभावले धेरै बदमास हुन्छन् । यस रंगको मन पराउने बालबालिकाको जीवनमा कुनै पनि किसिमका प्रतिबन्ध मन नपराउने हुदैन । यस्ता बालबालिका मस्तिष्कका हिसावले अगाडी हुन्छन् । यी बालकालिकाहरु कसैको अगाडी बोल्नमा डराउँदैनन् । सधै उर्जावान हुन्छन् । 

पहेलो रंगः पहेलो रंग प्राय बालिकाहरुले मन पराउने गर्छन् । यस्ता बालिका धेरै भद्र व्यवहारका हुन्छन् । यिनीहरुको जीवन सादा तथा सरल किसिमको हुन्छ । उनीहरुमा कुनै किसिमको तडकभडक मन पराउँदैनन् । पहेलो रंग मन पराउने बालिकाहरु आफ्नो कुरा हतारमा कसैसँग पनि कुरा साँटासाँट गरेको पाइँदैन साथै बिना कारण झुट पनि बोल्दैनन् । 

कालो रंगः कालो रंग मन पराउने बालबालिका धेरै होसियार, चलाख र तेज स्वभावका हुन्छन् । आफ्नो कुरा छिट्टै जो कसैलाई पनि सुनाउने गरेको पाइन्छ । उनीहरुमा बोली केही रुखो भएपनि मनकाने भने साँचो हुन्छन् । उनीहरुको मनसाय दृढ र बलियो हुन्छ । जीवनका गर्न चाहेको कुरा जुनसुकै किसिमले पनि गर्ने गर्छन् । 

हरियो रंगः जुन बालबालिकामा हरियो रंग मन पर्ने हुन्छ् उनीको स्वभाव धेरै आकर्षण हुन्छ । छिट्टै आफ्नो कुरामा फसाउन सक्छन् । यिनीहरुमा प्रयाप्त आत्मविश्वास रहेको हुन्छ । जीवनमा धेरै चुनौतिको सामना गर्न सँधै तयार रहन्छन् । हरियो रंग मन पराउने बालबालिका सधै सकारात्मक सोच्ने हुन्छन् । 

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-19 15:38:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts