बच्चालाई फकाउने बहानामा उनीहरुको दाँत बिगारिरहनुभएको त छैन ?

सन्दर्भः विश्व मुख स्वास्थ्य दिवस

What's This?


Download our app to get more features

काठमाडौ । तपाई आफ्नो बच्चालाई कुनै कुरामा फकाउन, मनाउन के गर्नुहुन्छ ? कतै हरेक बहानामा चकलेट आइसक्रिम, क्यान्डी लगायतका गुलिया खानेकुरा अत्याधिक दिने गर्नुभएको त छैन ? यदि त्यस्तै गर्दैआउनुभएको छ भने ध्यान दिनुहोस है, तपाईको बच्चालाई फकाउने – मनाउने बानी नै बच्चाको दन्तस्वास्थ्य बिग्रनुको प्रमुख कारण बनिरहेको हुनसक्छ ।  

हिजोआज व्यस्त जीवनशैली र बढ्दो सहरीकरणले अभिभावकहरू आफ्ना छोराछोरीको खानपान, ब्यावहारमा समेत ध्यान दिन सकिरहेका छैनन् । त्यसमाथि पनि मुखको स्वास्थ्यको बिषयमा त पटक्कै ध्यान दिएको पाइदैन । बच्चाले कुनै कुरामा जिद्धी गरेमा या रिसाएमा अभिभावकअरुले चकलेट या अन्य गुलिया मिठाइहरु दिएर फकाउने गरेको पाइन्छ ।बालबालिकाहरू गुलिया खाद्यवस्तु जस्तै, चकलेट, आइसक्रिम, क्यान्डी, कुकिजजस्ता मिठाइहरू बडी प्रयोग गर्दा उनीहरूको दात बिग्रने सम्भावना अरुको तुलनामा धेरै हुने वीर अस्पतालका दन्तचिकित्सक डा. प्रकास बुढाथोकी बताउछन् ।

“गुलिया मिठाइहरू अत्यधिक सेवन गर्ने तर सोहीअनुसार सरसफाइ मात्र होइन कुल्लासमेत नगर्ने भएकाले दात बिग्रने समस्या बालबालिकाहरूमा अत्यधिक मात्रामा देखिएको छ” डा. बुढाथोकी भन्छन्– “त्यसबाहेक राती सुत्दा बच्चालाई बोतलको दुध चुसाइरहने, अम्लो चुस्ने जस्ता सामान्य ब्यावहारका बारेमा परिवारले ध्यान दिन नसक्दा बच्चाको दाँत बिग्रदै गएको पाइन्छ ।” यसरी लामो समयसम्म दातमा अड्केका गुलिया एवम् अन्य खानेकुरा केही समयपछि कुहिएर मुखमा अम्ल उत्पन्न हुन्छ, जसले दाँतको टल्कने भाग इनामेल र त्यसको डेन्टिनको ह्रास गराउछ । त्यसपछि बिस्तारै अझ भित्री तहसम्म पुगेर अम्लले क्षति पु¥याउछ । यस्ता खानेकुरा खानासाथ मुखको सरसफाइ नगर्नाले बालबालिकाको दातमा गुलिया पदार्थ अड्किएर दन्तसडनको समस्या देखापर्ने चिकित्सकहरु बताउछन् ।

के हो दन्तसडन ?
दन्तसडन भनेको दातमा अड्किएर, चेप्टिएर बसेको खाना अम्लमा परिवर्तन भई दातलाई खाल्डो पार्ने प्रक्रिया हो । यसरी दन्तसडन भएको खण्डमा सुरुमा दातमा कालो खाल्डोजस्तो देखापर्दछ । बिस्तारै दातमा असर पु¥याउछ । खाल्डो परेको दातमा केही खानेकुरा परेमा अड्कने, सिरिङ हुने, खाना टोक्दा दुख्ने, अम्ल तीव्ररूपले उत्पन्न हुने समस्या देखापर्दछ । लामो समयसम्म उपचार नभएमा खाल्डो बढ्दै जरासम्म पुगी दातको दुखाई बढ्न थाल्छ । पीप जम्मा हुने, गिजा सुन्निने, दातबाट रगत बग्ने हुदै दात हल्लिने समस्या पनि आउछ ।

पछिल्लो समयमा बालबालिकाहरुमा जङ्गफुड, दूध, दही, महीको सट्टा बजारमा पाइने पेयपदार्थ बढी प्रयोग गर्ने प्रबृति बढ्दै गएको छ । यस्ता पेयपदार्थहरू गुलिया खाना, चकलेट, चाउचाउ, बिस्कुट, जङ्क फुड, चुसेर खाने (क्यान्डी, ललिपप) खानेकुराले दात छिटो बिग्रन्छ । यस्ता खानेकुराले दातमा खाल्डो पर्ने, जरा मर्ने, सुन्निने समस्या देखापर्दछ । दन्तरोग विशेषज्ञहरू यस्ता समस्या सहरमा मात्र नभएर ग्रामीण भेगका बालबालिकामा पनि उत्ति नै पाइने गरेको बताउछन् ।
सामान्य नमानौ दन्तसमस्यालाई
दाँतको स्वास्थ्यलाई बेवास्ता गर्दा बालबालिका दीर्घ संक्रमणले सताउने गर्दछ । जसअनुसार रक्तअल्पता, कुपोषण हुन सक्ने चिकित्सकहरू बताउछन् । किरा लागेर दात बिग्रिएको खण्डमा दातमा हुने पीडाले उनीहरूको शारीरिक एवम् मानसिक स्वास्थ्यमा समेत गम्भिर असर पर्छ ।

डा. बुढथोकीका अनुसार सानो उमेरमा दातको उचित स्याहार नगर्दा अनुहारको आकार नै बिग्रन सक्ने हुन्छ । उचित समयमा फुकाल्नुपर्ने दूधे दात किरा लागेर पहिल्यै झरेमा निकै समयपछि मात्र नया दाँत उम्रने भएकाले बच्चालाई चपाउन असजिलो हुने मात्र नभई मुखको आकृतिमा समेत असर पर्न सक्छ । विश्व स्वास्थ्य संघका अनुसार नियमितरूपमा दात माभ्mने गरेमा ७० प्रतिशतसम्म रोगबाट बचाउन सकिन्छ । त्यसकारण खाना खाएपछि दिनको २ पटक अनिवार्यरूपमा दात माभ्mने र बेलाबेलामा जचाउनु उपयुक्त हुन्छ । दात स्वस्थ राख्न वर्षको एक पटक दन्तचिकित्सकसग नियमित परीक्षण गराउनुपर्छ ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने, दात सफा गरेको नगरेको विद्यालय तथा घरमा जाच गर्ने गर्नाले दातमा रोगलाग्नबाट धेरै हदसम्म बचाउन सकिन्छ । जतिसुकै व्यस्त रहे पनि आफ्ना बालबालिकाको दन्तस्वास्थ्यमा ध्यान दिने, खानपानमा विशेष ख्याल गर्ने, गुलिया मिठाइ, बजारीय पेय पदार्थआदिको प्रयोगमा कमी ल्याई पोषणयुक्त खानेकुरा, सागपात, गेडागुडीको सेवन गराउने गर्नुपर्छ । साथै दन्तस्वास्थ्यका विषयमा बालबालिकालाई सही जानकारी दिनु आवश्यक छ जसले गर्दा उनीहरू स्वयम् दा“तको सरसफाइमा ध्यान दिन सकुन ।

बच्चाको दाँत सफा राख्न कस्ता कुरामा ख्याल गर्ने ?

  • दाँत नउम्रेका साना बच्चाहरुको गिजा खाना खाइसकेपछि भिजाएको सफा कपडाले पुछ्ने
  • सुत्ने बेलामा दुधका बोतल मुखमा राखेर नछोड्ने ।
  • चकलेट या अन्य गुलिया खानेकुरा खाएपछि सकेसम्म पानीले कुल्ला गर्न लगाउने ।
  • बच्चालाई सुत्नुअधि नियमित ब्रस गर्न लगाउने ।
  • औला चुस्ने बानी छ भने त्यसलाई निरुत्साहित गर्ने ।
  • सकेसम्म जङ्गफुडहरु कम प्रयोग गर्ने ।
Last modified on 2017-06-19 15:40:00

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts