NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

तनावबाट मुक्ति पाउन सुत्नुअघि भिज्योलाइजेसन

तनावबाट मुक्ति पाउन सुत्नुअघि भिज्योलाइजेसन

Deurali_Janta_Pharmaceutical

तनावले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा मानिसलाई असर पुर्याउँछ । तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट डिप्रेशन पूर्ण रुपमा निको हुन सक्छ । यस्तो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुन सक्छ । त्यसमध्ये पनि धेरै जसो युवा र महिलाहरु पीडित छन् । त्यसो त बालबालिका तथा प्रोढ उमेरका मानिस पनि डिप्रेशनबाट पीडित छन् । सामान्य देखिने डिप्रेशनले कहिलेकाहीँ मानिसलाई जटिल अवस्थामा पुर्याइदिन्छ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा गरेको सर्वेक्षणअनुसार डिप्रेशन चौथो प्रमुख रोग भएको तथ्यको खुलासा गरेको थियो । अझ, सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुन सक्ने अनुमान गरिएको छ ।

डिप्रेसनका लक्षण

उदासीन तथा निरास हुनु ।

कुनै कुरा तथा कामप्रति इच्छा नहुनु ।

अत्यधिक निद्रा लाग्नु वा कम निद्रा लाग्नु ।

एकाग्रताको कमी हुनु ।

♦ जीवन बोझ लाग्नु ।

♦ पश्चाताप्बोध हुनु ।

♦ थकान वा उर्जाको कमी हुनु ।

♦ भोक कम लाग्नु वा अति खानु ।

चिडचिडापन हुनु ।

आत्मविश्वासको कमी हुनु ।

यौन इच्छामा कमी आउनु ।

यी लक्षणमध्ये तीन–चार लक्षणहरु दुई हप्ता वा सोभन्दा बढी लगातार रहेमा डिप्रेशनको शंका गर्नुपर्ने हुन्छ । शंका लाग्यो भने तुरुन्त मनोचिकित्सक वा मनोविज्ञसँग परामर्श गर्नु बद्धिमानी हुन्छ ।

डिप्रेशनका कारण

मस्तिष्कि रसायनको असन्तुलन

अनुवांशिक काण

मनोगत तथा समाजिक कारणहरु

जीवनमा घटेको असम्भावित घटना

डिप्रेशन सुरुको अवस्थामा नै थाहा भएमा सजिलै बाहिर निस्कन सकिन्छ । यदि कठिनाइ भयो भने मनोचिकित्सकसँग परामर्श लिनुपर्ने पनि हुन्छ । यसका साथै मनोविज्ञहरुसँग नियमित परामर्श गर्दै उपचार गर्न सकिन्छ । जसमध्ये सिबिटी (कग्निटिभ बिहेभियर थेरापी) लाई उत्तम मानिन्छ ।

डिप्रेशनबाट मुक्त हुन

डिप्रेशनका पीडितहरु शारीरिक रुपमा निस्क्रिय हुने हुँदा एरोबिक्स, जुम्बा, नृत्य, योगासनजस्ता शारीरिक कार्य गर्न सकिन्छ । सात्विक भोजन लिनु राम्रो हुन्छ । यस्तो वेला नकारात्मक तथा असफलताको विचारले आक्रमण गर्ने हुँदा सकारात्मक सोचको बानी बसाल्नुपर्छ । हरेक समय उत्साहित हुँदै लक्ष्य लिएर अगाडी बढ्नुपर्छ । समस्यामा नअल्झी हरेक समस्याको सामना गर्दै समाधान खोज्ने बानी बसाल्नुपर्छ ।

भिज्योलाइजेसन टेक्निक

राति निदाउनुभन्दा केही अगाडि तन्द्राको अवस्थामा ‘म स्वस्थ छु, मेरा सम्पूर्ण अगंहरु स्वस्थ छन् ।’ जस्ता वाक्य दोहोर्याउन सकिन्छ । यस्तै, सकारात्मक वाक्यलाई करिब ५ मिनेटसम्म लगातार दोहोर्याउनु राम्रो मानिन्छ । यसे वाक्य आफैँ पनि बनाउन सकिन्छ । यसरी दोहोर्याउँदा अवचेतन मस्तिष्कमा छाप बस्छ । फलस्वरुप स्वस्थ बन्न सहयोग पुग्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top