NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

खाडी मुलुक जाने युवामा बाँझोपनको समस्या(भिडियो सहित)

खाडी मुलुक जाने युवामा बाँझोपनको समस्या(भिडियो सहित)

Deurali_Janta_Pharmaceutical

काठमाण्डौं । विवाहपछि प्रत्येक दम्पतिको पहिलो सपना भनेको बच्चा नै हो । जब विवाहपछि बच्चाको हाँसो घरमा गुन्जिन्छ तब मात्र त्यो दम्पतिको जीवन सफल भएको मानिन्छ । तर, यो सपना कसै कसैका लागि अभिषाप बन्छ । विभिन्न कारणले यो सपना पूरा हुन सक्दैन ।

समयमै बच्चा भएन भने महिलालाई हेलाको दृष्टिले हेर्ने चलन अहिलेपनि हाम्रो समाजमा व्याप्त छ । तर, बच्चा नजन्मनुमा महिलाको मात्र नभई पुरुषको पनि कारण बन्न सक्छ । अर्थात् सन्तान नहुनुमा महिला तथा पुरुष दुवैमा हुने समस्याका कारण पनि हुन सक्छ । कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवास गर्दा पनि कहिलेकाहीँ दम्पतिमा खराबी नदेखिएपनि गर्भ रहन धेरै वर्ष लाग्न सक्छ ।

पुरुषहरुमा सन्तान नहुने धेरै कारण हुन्छन् ।  जसमध्ये खाडि मुलुकमा काम गर्न जाने युवा कामदारहरुमा विशेष गरी सन्तान नहुने समस्या देखा परेको निःशन्तान विशेषज्ञ डा. सबिना श्रेष्ठ प्रधानले बताइन् । धेरै गर्मीका कारण उनीहरुको शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमी आउन सक्छ । यस्तो समस्या खाडि मुलुकमा काम गर्न जाने सबै युवामा नभई विशेष गरि कन्टक्सन र धेरै गर्मी हुने खुला स्थानमा काम गर्ने अधिकांस पुरुषमा यो समस्या देखापर्ने डा. सविनाको भनाई छ । 

उच्च तापक्रमका कारणले उनीहरुको शुक्रकिट उत्पादनमा ह्रास आउने हुन्छ । तर उनीहरुको शुक्रकिट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ, जुन समयमा उनीहरु पुनः काममा फर्किसकेका हुन्छन् । जसका कारण उनीहरुको सन्तात उत्पादन भएको हुँदैन । ३ महिनाको बिदामा नेपाल आउने र सन्तान नभए कै कारण धेरै दम्पति पारिवारीक र सामाजिक तनावमा हुन्छन् । 

युवाहरु विवाह गर्नासाथ वैदेशिक रोजगारीमा जाने र ३ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । तनावका कारण पनि समय मै उनीहरु सन्तान जन्माउन योग्य नहुने चिकित्सकहरुको भनाई छ । 

त्यसैले वैदेशिक रोजगारमा जाने युवाहरुले बच्चा जन्माउनका लागि ३ महिना भन्दा लामो विदा लिनुको साथै तनाव मुक्त रहनु पर्छ । शुक्रकिट सामान्य अवस्थामा फर्कन ३ महिना लाग्ने हुदा उनीहरुमा अन्य समस्या नभएमा त्यो समयभन्दा पछाडीको समयमा उनीहरुको लागि उपयुक्त मानिन्छ ।

भिडियो हेर्नुस् 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (1)

  • ramu sunar on Fri, Mar 17 2017 03:07 PM

    Sir/madam namaskar Ask yo samassya tko samadhan k hola plz lekhi dinu hola taki kehi upaye pani holan ni ?


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top