रुघाखोकीको घरेलु उपचार



Download our app to get more features

रुघाखोकी नियमित आकस्मिकताको बिमारी नै हो । कसैलाई यसले धेरै च्याप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुने गर्छ । कफ जमेको छ भने छाती गह्रौँ हुने गर्छ, खोकी लागिरहन्छ । खोकी धूम्रपान, दम, धुलो–धुवाँ आदि प्रदूषणका कारणले पनि लाग्छ । स्वस्थ मानिसलाई रुघाखोकी लागेमा मानिसलाई रुघाखोकी लागेमा हेरचाह गर्दा एक हप्ताभित्र ठीक हुन्छ । तर, लामो अवधिसम्म सुक्खा खोकी लागिरहेको छ, खोकीसँग ज्वरो छ, अझ खोक्दा मुखबाट रगत आउँछ भने त्यसलाई घरेलु उपचारले हुँदैन । स्वास्थ्यकर्मीको उचित सल्लाह आवश्यक हुन्छ ।

बिहान–बेलुकी सुत्ने वेलामा बाफ लिने गर्दा नाक टालिएको खुल्छ, कफ फुटेर निस्कन सहज हुन्छ । पिनास छ भने हाछ्यु गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध भएको थाहा हुन्छ । यस्तोमा पनि पानीको बाफले आराम गर्छ । शारीरिक व्यायामले पनि कफ निस्कन सहयोग गर्छ । यस्तोमा अलिअलि गर्दै तातो पानी पिइरहने, तातो रसदार खानेकुरा खाने, तर कफी वा रक्सी भने लिनु हुँदैन । रुघा लाग्दा कसैले सुँघ्ने (इन्हेलर) उपयोग गर्ने वा नाकमा मलम दल्ने गर्छन् । तर, फोक्सोलाई स्वच्छ राख्न यो ठीक तरिका होइन । मासु, तारेको खानेकुरा वा दुग्ध पदार्थले कफ बढाउने हुनाले रुघाखोकीका वेलामा नखानु उचित हुन्छ ।

घरेलु उपचार

‘ए’, ‘सी’, ‘इ’ वर्गका भिटामिन रुघाखोकीमा राम्रो मानिन्छ । अदुवाको रस र मह आधा–आधा मिलाएर वयस्कले ठूलो एक चम्चा महमा १२ घन्टा मिसाएर राखी बिहान–बेलुकी खाने गर्दा पनि रुघाखोकीमा राम्रो हुन्छ । एक गिलास तातो पानीमा एक चम्चा मह र कागतीको रस मिलाएर पिउनाले पनि लाभ हुन्छ ।

पाँच–सातवटा तुलसीको पात वा तुलसीको रस, एक चियाचम्चा पिसेको अदुवा पकाएर सुत्ने, वेलामा पिएर सुत्दा रातभरि निकै आराम हुन्छ । स्मरणीय छ, खोकीमा बेसारले निकै आराम दिन्छ । स्नोफेलियामा त बेसारले निकै राम्रो गर्छ । हल्का भुटेर पिसेको मेथीको पाउडर ए चम्चा तातो पानीसँग पिउँदा खोकीमा निकै आराम मिल्छ ।


(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-19 15:48:17

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. मलाई रुघाखाेकि लागेकाे महिनानै भयाे ठिक भयन सिगान बगिरहन्छ।अाछ्छिउ अाईरहन्छ एक चाेटि अाैसधि खाएकाे उतिबेला मात्र ठिक भयाे फेरि सुरुभएकाे छ सार्यै सतायाे नाक मुख चिलाए जस्ताे हुन्छ के गर्नु पर्ला


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts