छालामा मुसा आउने कारण यस्तो छ, यसरी हटाउने ? (भिडियो सहित)



Download our app to get more features

छालामा मुसा आएर हैरान पारेको छ ? मुसा के कारणले आउँछ र कसरी हटाउने वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा.संगीता बराल बस्नेतको राय यस्तो छ :

छालामा देखिने समस्यामध्ये मुसा आउने समस्याले धेरैलाई सताएको छ । मुसा शरीरको सबै भागमा आउनसक्छ । तर विशेष गरेर हात, खुट्टा र पिडुँलामा बढी मुसा आउँछ । 

मुसा आउने प्रमुख कारण :
मुसा एक प्रकारको भाइरल हो । ह्युमन पेपियोलिमा नामक भाइरसका कारणले मुसा लाग्दछ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा वा एकै व्यक्तिको एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछ ।

मुसा कसरी सर्छ ?
मुसालाई छुँदा मात्र सर्दैन । तर धेरै मानिसको बानी हुन्छ की मुसालाई कोट्याउने, चिमोट्ने वा मुसा निकाल्ने । यसो गर्दा मुसाको मासु वा रगत अर्को स्थानमा लाग्छ र सर्ने गर्दछ ।

यो सबै उमेर समुहका व्यक्तिमा देखापर्छ । तर युवाअवस्थामा बढी देखिने गर्छ ।

विभिन्न अध्ययनहरुका अनुसार मुसा एकसयभन्दा धेरै प्रकारका हुन्छन् ।

मुसा आउँदा दुख्ने वा पोल्ने कुनै समस्या हुँदैन । कतिपय मुसाहरु त आफै आउँछन र जान्छन् पनि । त्यसकारण मुसालाई धेरैलाई बेवास्ता गर्छन । 

मुसाबारे भ्रम
मुसाले सुन्दरतामा कमी ल्याउने भएकाले हटाउन धेरैले यसलाई चिमोट्ने, काट्ने, मसिनो धागोले बाधेर विभिन्न केमिकलहरु लगाउने गर्दछन् । तर यसो गर्नु नराम्रो हो । यसले मुसा जाने निश्चितपनि हुँदैन । साथै अन्य विभिन्न रोग निम्त्याउने सक्छ । 

मुसा हटाउन यस्तो उपचार पद्धति अबलम्बन गरिन्छ :
मुसाको प्रकृति हेरेर विशेषज्ञद्धारा मेडिकल र सर्जिकल उपचार विधि तथा लेजर थेरापीको माध्यमबाट यसको उपचार गरिन्छ । मुसा एक चोटी हटाएपछि पुनःआउने संभावना अति न्यून हुन्छ ।  

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-19 15:54:30

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts