अंग प्रदर्शनमा लुकेको यौनसंकेत



Download our app to get more features

दिम युगमा मानिसहरु नाङगै हिँड्थे । अंग देखाउनु उनीहरुको बाध्यता थियो । कारण त्यतिबेला मानिसले लुगा लगाउन जानेका थिएनन्, अर्थात् लुगाको आविष्कार भएको थिएन । तर आज समय फरक भएको छ । आज मानिसहरु थरि–थरिकाले अंग प्रदर्शन गर्दै हिँड्छन्, कारण आजका मानिसले लुगा लगाउन जानेका छन् । नेपाली समाजमा कुनै बेला नारीले खुट्टाको कुर्कुचा समेत देखाउनु हुँदैन भन्ने गरिन्थ्यो । तर, अब त्यो समय रहेन । नाइटो देखाउनु त अब सामान्य कुरो भएको छ ।

सुन्दर शब्दमा भन्ने हो भने, शरीरका संवेदनशील अंगहरु आकर्षक तरिकाले देखाएर अरुलाई मोहित पार्नु अंग प्रदर्शन हो । आजको आधुनिक समयमा युवा–युवतीदेखी लिएर बालक, बुढा–बुढीसमेत अंग प्रदर्शन गर्नमा लालायित देखिन्छन् । आखिर किन गरिन्छ त अंग प्रदर्शन :

तपाइँ अंग प्रदर्शन किन गर्नुहुन्छ ? यदि यो प्रश्न कुनै नायिकलाई सोध्ने हो भने जवाफ आउँछ– कथाले मागेर ।

यदि यही प्रश्न तपाइँलाई गर्ने हो भने तपाइँ के भन्नुहुन्छ ?

के हो त अंग प्रदर्शनको रहस्य ?
सुन्दर हुने सबैको चाहना हुन्छ । शरीरका खास अंगलाई उपयुक्त तरिकाले प्रदर्शन गर्दा शरीरको सुन्दरता अझ बढ्छ । नारीको नाइटो, स्तन, हिप, तीघ्रा तथा पुरुषको छाती, पाखुरा आदि अंगको प्रदर्शनले व्यक्तिको सुन्दरतालाई बढाइरहेको हुन्छ । मानिसको पहिलो आकर्षण भनेको सुन्दरता हो । नारी जातीको लागि त सुन्दरता, उनीहरुको सम्पत्ति नै मानिन्छ । त्यसैले नारीहरु आफूलाई सुन्दर, आकर्षक राख्न सधैँ प्रयत्नशील हुन्छन् । अझ यौवन अवस्थामा पुगेका केटीहरुको विशेष चासो नै केटाप्रति हुन्छ । उनीहरुले आफूलाई हेरे कि हेरेनन् । मन पराए कि पराएनन् भन्ने चिन्ताले उनीहरुलाई सताइ रहन्छ । केटालाई आफूतिर आकर्षित गर्न आफ्नो पहिरनमा ध्यान दिने तथा अंग प्रदर्शनमा रुची राख्ने गर्दछन् ।

अंग प्रदर्शनको पछाडि यौनसंकेत पनि पाउन सकिन्छ । आफ्नो यौन साथीलाई आफूतिर आकर्षित गर्न पनि अंग प्रदर्शन गर्न सकिन्छ । अंग प्रदर्शनको माध्यमबाट केही मात्रामा भए पनि यौन सन्तुष्टि मिल्ने कुरालाई नकार्न सकिँदैन । ​

अंग प्रदर्शनको पछाडि यौनसंकेत पनि पाउन सकिन्छ । आफ्नो यौन साथीलाई आफूतिर आकर्षित गर्न पनि अंग प्रदर्शन गर्न सकिन्छ । अंग प्रदर्शनको माध्यमबाट केही मात्रामा भए पनि यौन सन्तुष्टि मिल्ने कुरालाई नकार्न सकिँदैन । नत्र फेसन च्यानलप्रति दर्शकको क्रेज बढ्ने थिएन । मनोवैज्ञानिक फ्रायडले त मानिसका सम्पूर्ण क्रियाकलापलाई नै यौनसँग जोडेर हेरेका छन् ।

अंग प्रदर्शन आधुनिक समयको देन हो । आधुनिकतासँगै अंग प्रदर्शनमा पनि विविधता आइरहेको छ । सूचना तथा सञ्चारका माध्यमहरुको प्रभावले अंग प्रदर्शन विश्वव्यापी भएको छ । आधुनिक, विकसित पाश्चात्य मुलुकहरुमा त अंग प्रदर्शन झनै खुलेर गरिन्छ ।

अंग प्रदर्शनमा व्यक्तिको आधुनिक र परिवर्तनशील बन्ने उन्माद पनि देखिन्छ । परम्परागत, बानी, व्यहोरा त्यागेर, आधुनिक, विकसित देशका मानिसको अनुशरण गर्दै आफू पनि उनीहरु जस्तै बन्न खोज्ने प्रयासमा पनि अंग प्रदर्शन, आफ्नो असक्षमता, कमजोरी आदिको पूर्ति गर्ने प्रयासमा पनि हुने गर्छ ।

अंग प्रदर्शनमा व्यक्तिको आधुनिक र परिवर्तनशील बन्ने उन्माद पनि देखिन्छ । परम्परागत, बानी, व्यहोरा त्यागेर, आधुनिक, विकसित देशका मानिसको अनुशरण गर्दै आफू पनि उनीहरु जस्तै बन्न खोज्ने प्रयासमा पनि अंग प्रदर्शन, आफ्नो असक्षमता, कमजोरी आदिको पूर्ति गर्ने प्रयासमा पनि हुने गर्छ । यदि शारीरिक रुपमा असुन्दर नारीले पनि अंग प्रदर्शन गर्दै हिँड्छे भन्ने यसको अर्थ हुन्छ कि ऊ आफ्नो शारीरिक असुन्दरतालाई अंग प्रदर्शनको माध्यमद्वारा पूर्ति गर्न चाहन्छे । त्यस्तै मानसिक योग्यताले अरुलाई आफूतिर आकर्षित गर्न नसक्दा वा आफ्नो व्यक्तित्वको विकास गर्न नसक्दा अंग प्रदर्शनको सहारा लिने गरिएको पाइन्छ ।

यसरी अंग प्रदर्शनको पछाडि जे–जस्ता मनोवैज्ञानिक कारण भए पनि अंग प्रदर्शन गर्दा समाज, संस्कृति, परम्परा, रीतिरिवाजलाई पनि ख्याल राख्नुपर्छ । आफूलाई नसुहाउने ज्यादै भड्किलो पहिरनले अरुलाई आकर्षित गर्न सक्दैन । मौसमअनुसारको आफूलाई सुहाउने लुगा लगाएर आफूलाई सजाउनु पनि एउटा कला हो ।

कुनै नारी आफूलाई सजाएर सुगन्ध छर्दै हिँड्छे भने उसलाई हेरेर नटोलाउने को होला ? मेनुकाको सुन्दरताले विश्वामित्रको तपस्या त भंग ग¥यो भने ...... ।

सिर्जनशीलता हो । क्षमताको कुरा हो । आकर्षक तरिकाले सुहाउने र समाजले पचाउने गरी गरिएको अंग प्रदर्शनलाई नराम्रो मानिँदैन । कुनै नारी आफूलाई सजाएर सुगन्ध छर्दै हिँड्छे भने उसलाई हेरेर नटोलाउने को होला ? मेनुकाको सुन्दरताले विश्वामित्रको तपस्या त भंग ग¥यो भने ...... ।

Last modified on 2017-06-19 15:59:24

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts