एपेन्डिसाइटिसको शल्यक्रियापछि ‘अस्वस्थ’ क्रिकेटर पारस खड्काको ‘स्वास्थ्य राज’(भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ । अग्ला कदका, जोशिलो मुहारका युवा क्रिकेटर पारस खड्का क्रिकेट प्रेमीका ढुकढुकी हुन । उनको नेतृत्वमा नेपालले ट्वान्टी–ट्वान्टी विश्वकप खेलेर राम्रो प्रदर्शन गर्न सफल भएको थियो । जसले गर्दा खड्काको चर्चा अझै चुलिएको छ । उनले पछिल्ला वर्षहरुमा नेपालले खेल्ने विभिन्न खेलमा नेतृत्वका साथै राम्रो खेल प्रदर्शन गरेर देशको गौरव र साखलाई जोगाएका छन् । 

पछिल्लो पटक वल्र्ड क्रिकेट लिग च्याम्पियनको खेलपनि पारसले खेल्लान वा नखेल्लान भन्ने चासो सर्वत्र थियो । पारसले शनिवार हुने नेपाल र केन्याविरुद्धको खेल नखेल्ने भएका छन् । तीन साताअघिमात्रै एपेण्डिसाइटिसको शल्याक्रिया गरेका पारस पूर्ण फिट भइसकेका छैनन् । उनले केहि दिनअघिमात्रै प्रशिक्षणमा सामेल भएका थिए । 

एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका खड्का सामान्य अवस्थामा भने स्र्फूत र ट्यालेन्ट खेलाडी हुन् । आफ्नो सफलता र सक्रियताको श्रेय भने खड्काले आफ्नो स्फूर्त र स्वस्थ जीवनशैलीलाई दिएका छन् । हाम्रो डाक्टरसँगको भलाकुसारीमा पारसले आफ्नो स्वस्थ जीवनको राज खोलेका छन् । 

‘स्वस्थ तन र मनले अभ्यास गरेमा सफल प्राप्त गर्न सकिन्छ ।’ उनको मान्यता छ । 

सँधै स्वास्थ्यप्रति सचेत हुने पारस सामान्य जीवन जिउनका लागि तनावबाट मुक्त हुनु पर्ने उनको पहिलो शर्त हो ।

‘स्वस्थ रहनका लागि स्वास्थ्य र शरीरलाई ध्यान दिदै खाना र व्यायामलाई सन्तुलन गरेको छु । जे खान्छौं त्यहि शरिरमा जाने हो त्यसैले यसमा विशेष ध्यान दिदै आफू मात्र नभएर टिमलाई नै ब्यालेन्स मिलाएर खान प्रेरित गर्छु’ । 

एकवर्ष अघि स्टोमच इन्फेक्सनका कारण बिरामी परेका पारस यस बाहेक अन्य अवस्थामा अस्पताल जानु परेको छैन । खेलाडी भएकाले कहिलेकाहिँ चोटपटक लाग्नु सामान्य हो भन्छन् उनी ।

 खेलकुद बाहेक बिभिन्न  सामाजिक  संघ संस्थामा सक्रिय रहेका पारस पछिल्लो समय सुनौला हजार दिन नामक गैरसरकारी अभियानको सदभावना दूतपनि बनेका छन् । 

एक फरक प्रसङमा उनले भने ‘पहिला पहिला आफु बाहिर जाँदा आममानिसले तपाई यति अग्लो कसरी हुनुभयो भनेर प्रश्न गर्दा आफुले सानामा धेरै अण्डा खाएर अग्लो भएको जवाफ दिने गरेको ठट्टा पनि गरे । 

भिडियो हेर्नुस्

Last modified on 2017-06-19 16:06:30

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts