माइग्रेन किन हुन्छ ? यसबाट कसरी जोगिने ? (भिडियो सहित)



Download our app to get more features

माइग्रेनलाई आधा टाउको दुख्ने वा अधा दुख्ने पनि भनिन्छ ।  यो धेरै मानिसको समस्या हो । माइग्रेनका बारेमा धेरै भ्रमहरु रहेका छन् । माइग्रेन के हो र यो रोग कसरी हुन्छ ? वरिष्ठ न्यूरो फिजिसियन डाक्टर रविनाश चन्द्रसँग गरिएको कुराकानी ...

 

माइग्रेन भनेको के हो ?
माइग्रेन भनेको टाउको दुख्ने रोग हो । बारम्बार बल्कबल्क गरेर आधा टाउको दुख्ने रोग नै माइग्रेन हो । माइग्रेन हुँदा च्वास्च्वास् घोचे जसरी सहनै गाह्रो हुने गरी टाउको दुख्छ । मस्तिष्कमा जैविक रसायनको असन्तुलन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । जसले गर्दा मस्तिष्क वरपरका रक्तनलीहरु सुनिन्छ र टाउको दुख्छ ।

माइग्रेन कुन उमेर समुहका मानिसलाई बढी हुन्छ ?
माइगे्रन सबै उमेरका मानिसलाई हुन सक्छ । तर तुलानात्मक रुपमा बढी तनाव लिने मानिस र महिलालाई बढी हुन्छ ।

माइग्रेन हुने प्रमुख कारण :
अहिलेसम्मको अध्ययन अनुसार माइग्रेन यही कारणले मात्र हुन्छ भन्ने छैन् । तर सामान्यतया यस्ता कारणले माइग्रेन हुन्छ :
१.वंशाणुगत गुण ।
२.मानसिक तनाव ।
३. चिया तथा कफिको बढी प्रयोग ।
४. अनिन्द्रा ।
५. धुम्रपान तथा मध्यपानको बढी सेवनले माइग्रेन हुने  व्यक्तिलाई अझ बढाउँछ  ।
६.पीडा कम गर्ने औषधि (पेनकिलर)को बढी प्रयोग ।

लक्षण :
यो रोग लागेपछि लामो समयसम्म रहन्छ । व्यक्ति अनुसार फरक पर्नसक्छ यसका लक्षणहरु ।
१.टाउकाको एक भाग दुख्ने । (अति कम व्यक्तिलाई टाउकाको दुबै भाग दुख्न पनि सक्छ ।)
२.टाउकाको दाँया–बाँया, अगाडी–पछाडी सरिसरी एक भाग दुख्ने ।
३.वाक्वाकी लाग्ने, हात खुट्टा झम्झमाउने ।
४.कहिलेकाहीँ टाउको पछाडी घाँटीको केही भाग दुख्ने ।
५.अल्छि लाग्ने, थकाई लाग्ने ।

रोकथामका उपाय :
यस रोगको खासै कुनै उपचार छैन् । तर स्वयं व्यक्तिले स्वास्थप्रति सचेतना अपनायो भने रोग लाग्नबाट बचाउन सकिन्छ । साथै रोग लागि हालेपनि कम गर्न सकिन्छ :
१.अत्याधिक क्याफिन हुने कुरा कफि, चिया, चकलेटहरुको प्रयोग नगर्ने ।
२.तनावबाट मुक्त हुने ।
३.घाममा धेरैबेर नबस्ने ।
माइग्रेन हुँदा दुखाई गर्ने धेरै औषधि सेवन गर्नु उचित हुँदैन 

Last modified on 2017-06-19 16:08:51

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts