दाह्रीवाल बन्दै स्वास्थ्यमन्त्री गगन थापा, तनावले की सोखले ?



Download our app to get more features

राजनीतिक जीवनमा जस्तै गगन थापा स्वास्थ्यमन्त्री भएपछि पनि चर्चाको शिखरमै छन् । समग्र युवा पुस्ताप्रति गर्व बढ्ने गरी काम गर्ने सार्वजानिक प्रतिवद्धता सहित स्वास्थ्य मन्त्रालय सम्हाल्न पुगेका डाइनामिक नेता थापाबाट धेरैले धेरै अपेक्षा गरेका छन् । त्यसो त उनले स्वास्थ्य मन्त्रालय पुगेर धेरै फाइल पल्टाएका छन् । धेरै निर्णयहरु र धेरै परिवर्तनहरु गरेका छन् । केही परिवर्तन व्यवहारमा देखिन थालेको छ भने अधिकांश निर्णय कार्यान्वयन हुन समय लाग्ने खालका छन् ।

सँधै जसो क्लिन सेभमा हेण्डसम देखिने गगन थापा यसपाली दाह्रीवाल बनेका छन् । यति भनेर गगन थापा अहिले हेण्डसम देखिएका छैनन भन्न खोजेको होइन । पछिल्लो तीन हप्तायता उनले दाह्री नकाटेको नोटिस भएको छ ।

 गगन थापा नेपालका ‘सेलिब्रेटी पोल्टिसियन’ पनि हुन् । त्यसैले पनि पछिल्लो समय मन्त्रीका हैसियतमा उनले गरेका हरेक निर्णय र भाषणहरु समाचार बन्छन् । मन्त्री थापा प्रत्येक दिन केही न केही नयाँ निर्णयहरु गरिरहेका छन् । अर्थात प्रत्येक दिन समाचार बन्ने गरी स्वास्थ्य मन्त्रालय चर्चामा छ । मन्त्री थापा आफै भने पछिल्ला दिनमा अलि फरक देखिएका छन् । उनको मोहडामा अलिक परिवर्तन महसुश गरिएको छ । सँधै जसो क्लिन सेभमा हेण्डसम देखिने गगन थापा यसपाली दाह्रीवाल बनेका छन् । यति भनेर गगन थापा अहिले हेण्डसम देखिएका छैनन भन्न खोजेको होइन । पछिल्लो तीन हप्तायता उनले दाह्री नकाटेको नोटिस भएको छ । यस अघि उनी सँधै क्लिन सेभ रुचाउने व्यक्ति हुन् । 

त्यसो त विश्वका धेरै सेलिव्रेटीहरु दाह्रीसहित देखिन्छन् । विशेषगरी दक्षिण एशियन क्रिकेट खेलाडीहरु दाह्रीका कारण पनि चिनिएका छन् । कतिपय नेताहरुको पनि दाह्री पहिचान नै भइसकेको छ । भारतकै कुरा गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीदेखि काँग्रेस नेता राहुल गान्धीसम्मले क्लिन सेभ गर्दैनन् । उनीहरुको दाह्री सहितको ‘ब्राण्ड’बनिसकेको छ । नेपालका नेताहरुको पनि दाह्री जुंगामा सोख नभएको होइन् । पूर्व प्रधानमन्त्री सुशील कोइराला देखि अहिलेका गृहमन्त्री विमलेन्द्र निधिसम्मको दाह्री चर्चा चल्ने गर्छ । प्रचण्डदेखि कमल थापा पनि जुंगाका सौखिन छन् । दाह्री जुंगालाई लिएर आआफ्नै मान्यता र तर्क हुन्छन् । दाह्री जुंगाको विशिष्टतालाई लिएर सांस्कृतिक, धार्मिक र सामाजिक रुपमा जे जस्ता विश्लेषण गरिए पनि यो लेखमा सामान्यतःएकजना सार्वजानिक चासोको व्यक्ति रहेका मन्त्रीको जीवनशैलीलाई फरक ढंगबाट मात्र टिप्पणी गरिएको हो । 

स्वास्थ्यमन्त्री गगन थापाको भने दाह्री जुंगालाई लिएर कुनै यस्तो ‘ब्राण्ड’ छैन । तर, उनी सेलिब्रेटी हुन् । उनका फोटाहरु मिडियामा सुन्दर देखिन्छन् । स्पष्ट वक्ता र ‘बोल्ड पस्र्यनालिटी’भएका कारणपनि उनको फ्यान फलोइङ धेरै छ । सामाजिक सञ्जालमा चर्चाको अग्रस्थानमा रहन्छन गगन थापा । अहिले पनि दाह्रीसहितका गगन थापा नराम्रा देखिएका छैनन् । दाह्री सहितको उनको सुन्दर कभर फोटो हिमालले अघिल्लो अंकमा प्रकाशित गर्यो । टिभी, अनलाइन तिर पनि उनले दाह्री सहितको स्वरुपमा अन्तर्वाता दिइरहेका छन् जुन नराम्रो देखिएको छ भनिएको होइन । 

एकथरी सेलिब्रेटी कहलिसकेका व्यक्तिहरुको हकमा आफुले जसो गर्दा पनि सुहाउने सोच भएकाले उनीहरु हाउभाउ र मेकअपमा एउटा समयको अन्तरालमा परिवर्तन गर्छन । जसले गर्दा उनीहरुले मानिसको ध्यान आफुतिर आकर्षण हुने विश्वास गर्छन्

सामान्यतःव्यक्तिले किन दाह्रीसम्बन्धी मेकअपको निरन्तरतालाई परिवर्तन गर्छ भनेर सोध्दा मनोविद डा. सरोज ओझाले यसलाई तीन ढंगबाट विश्लेषण गर्नुपर्ने बताए । उनका अनुसार एकथरी सेलिब्रेटी कहलिसकेका व्यक्तिहरुको हकमा आफुले जसो गर्दा पनि सुहाउने सोच भएकाले उनीहरु हाउभाउ र मेकअपमा एउटा समयको अन्तरालमा परिवर्तन गर्छन । जसले गर्दा उनीहरुले मानिसको ध्यान आफुतिर आकर्षण हुने विश्वास गर्छन् ।’ओझाका अनुसार यो गुण राजनीतिक नेता, कलाकार, खेलाडी, पत्रकारजस्ता आममान्छेको चासोमा रहेका सार्वजानिक जीवन बाँच्ने व्यक्तिहरुमा यस्तो स्वभाव हुन्छ । 

यसका साथै मनोचिकित्साका विज्ञहरुले दाह्री पाल्नुलाई भन्दा पनि दाह्री नकाट्नुलाई लिएर अन्य पनि केही कारणहरु पेश गरेका छन् । डा. ओझाका अनुसार अत्यन्तै पढन्ते वा आविष्कारक, आफ्नै पाराको ‘सन्की’हरुले दाह्री, कपाललाई अस्वाभिक लामो बनाउने वा पालिरहने गर्छन । कि त अरुसँग धेरै अपेक्षा गर्ने व्यक्तिले पनि आफ्नो अपेक्षा अनुसार नभएको दर्शाउन दाह्री नकाटेर असन्तुष्टिको बिम्वप्रदर्शन गर्ने मनोरोग विशेषज्ञ डा. ओझाको तर्क छ । 

अर्को त नेपाली समाजमा नियमित दाह्री कपाल नकाट्नुलाई कुनै तनाववा असन्तुष्टिका द्योतकका रुपमा पनि बुझिन्छ । धेरै व्यस्त भएर नकाटेको होला भनेर सामान्य लिने पनि उत्तिनै छन् । त्यसो त पूर्वीय सभ्यतामा ध्यानमा दत्तचित्त योगीहरुले पनि दाह्री काट्दैनन् भनेर देखाइएको छ । ऋषिमुनीहरुले आफ्नो ध्यानबाट ज्ञान नपाउँदासम्म दाह्रीकपालको वास्ता नगर्नेे गरेको भनेर ग्रन्थहरुमा व्याख्या छ । योगी ऋषिमुनीहरुको कुरा गर्नासाथ हरकोहीको आँखामा दाह्रीवाल व्यक्तिको छायाँ बनेर आउला । 

अब प्रश्न आउँछ, स्वास्थ्यमन्त्री गगन थापाले यी मध्ये कुन चाहीँ कारणले दाह्री नकाटेका होलान् ? कामका हिसावले हेर्दा स्वास्थ्यमन्त्री थापा कति व्यस्त छन् भन्ने कुरा स्वास्थ्य मन्त्रालय सम्बन्धी दैनिक आइरहने समाचारहरु पढ्दैमा थाहा हुन्छ । निर्वाचन आचारसंहिता लागेपछि भाषणवाला कार्यक्रम घटेर थोरै फुर्सदिला भएका मन्त्री थापा प्रत्येक दिन १९–२० घण्टा व्यस्त रहने उनको सचिवालयका एक जना सदस्यले सुनाए । मन्त्री भएसँगै उनले यति धेरै निर्णय र परिवर्तनहरु गरेका छन् कि त्यसको फलोअप मात्र गर्दा पनि उनलाई दिनको ३२ घण्टा आवश्यक पर्नसक्छ । विद्यमान प्रशासनिक र कर्मचारीतन्त्रमा आफ्ना सबै निर्णय र परिवर्तन कार्यान्वय नगर्न कठिनमात्र होइन धेरै कठिन भएको महशुस गरेका थापाले पछिल्लो महिनायता आफुलाई कर्मचारीतन्त्रले असहयोग गरेको भन्दै निकटका पत्रकारहरुसँग गुनासो गर्ने गरेको पनि पाइएको छ । केही मिडियाले मन्त्रीको बाटो सचिवले छेकेभनेर समेत लेखे । के यो शीतयुद्द पनि दाह्री नकाट्नुको कारण होला त ?

एकथरी सेलिब्रेटी कहलिसकेका व्यक्तिहरुको हकमा आफुले जसो गर्दा पनि सुहाउने सोच भएकाले उनीहरु हाउभाउ र मेकअपमा एउटा समयको अन्तरालमा परिवर्तन गर्छन । जसले गर्दा उनीहरुले मानिसको ध्यान आफुतिर आकर्षण हुने विश्वास गर्छन्

त्यस्तै पछिल्लो समय गगन थापा स्वास्थ्य काकर्मचारी बीच‘भिलेन’का रुपमा समेत व्याख्या भए । स्वास्थ्य सेवा ऐनको विवादास्पद ९(ख)कार्यान्वयनलाई लिएर आन्दोलनरत स्वास्थ्यकर्मीको मुद्दा मिलाउन नसक्दा गगन थापाले तीव्र असहयोग बेहाुर्न परेको र आफु असफल भएको भन्ने पीडा उनलाई परेको थापाका सचिवालय सदस्यहरुको कुराबाट थाहा हुन्छ । अन्तराष्ट्रिय जगतमा समेत गलत सन्देश जाने गरी पोलियो थोपा खुवाउने अभियान दुई पटकसम्म स्थगित गर्न पर्नु गगन थापाका लागि पक्कै पनि दुःखद भयो होला । पोलियो थापो खुवाउन समेत सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अभूतपूर्व अवस्था आयो यस पाली । जसरी पनि स्वास्थ्यकर्मीको आन्दोलन दवाउने र पोलियो थोपा खुवाउने धुनमा लाग्दा आन्दोलनको नेतृत्व गरेर खोप कार्यक्रममा असहयोग गरेको भन्दै १८ जना कर्मचारीलाई मन्त्रीले निलम्बन समेत गरे । त्यसमध्ये केही काँग्रेस निकट संगठनको समेत परेको मन्त्रीका सल्लाहकारहरुको दावी छ । यो कदमले गर्दा आन्दोलनकै नेतृत्व गरेर पदमा पुगेका नेताले लोकतन्त्रमास्वास्थ्यकर्मीलाई आन्दोलन गर्न नदिएर निलम्बनगरेको भनेर मन्त्रीथापाको चर्को आलोचना भइरहेको पनि छ  । मन्त्रीले अन्तिमसम्म कर्मचारी निलम्बन गर्न नखाजेको र गर्नुपर्दा समेत स्वास्थ्यमन्त्री थापा केही तनावमा रहेका उनका एक जना सचिवालय सदस्यले सुनाए । आफ्ना निर्णयहरु अनुसार काम हुन नसकेको भनेर कर्मचारी र स्वास्थ्यकर्मी र पत्रकारसँग समेत गुनासो गर्न थालेका थापाले यही असन्तुष्टिका कारणले गर्दा पो दाह्री नकाटेको हो की ?

वा,‘सेलिब्रेटी पोल्टिसियन’भएकानाताले आममानिसलाई फरक टेष्ट दिएका मात्र हुन् ! कि, डा. सरोज ओझाले भनेझैं अपेक्षाअनुसार आफुले काम गर्न नसकेको जनाऊ वा ‘एक्स्क्यूज’ दाह्री नकाटेर गर्न खोजेका हुन् । कि समाचारहरुमा भनिए जस्तै कर्मचारीतन्त्रको तीव्र असहयोगले निम्त्याएको ‘फ्रस्टेशन’को ‘सिम्बोल’हो ?
 

Last modified on 2017-06-19 16:16:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts