मिर्गौला स्वस्थ राख्न डा. पहारीका चार सुझाव



Download our app to get more features

केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढेको पाइएको छ । नेपाललगायतका विकासोन्मुख मुलुकमा पनि मिर्गौला रोगीको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

मिर्गौला रोगको शीघ्र पहिचान र त्यसको समयमै निदान नै मिर्गौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । पछिल्ला दिनहरुमा मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरुमा बैदेशिक रोजगारीका लागि खाडिका बिभिन्न मुलुकमा गएर फर्कीएका नेपालीहरुको संख्या पनि ठूलो छ ।

खाडिका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने र सो अनुसार पर्याप्त पानी नपिएका कारण धेरै नेपालीहरुको मिर्गौला फेल हुने गरेको छ । त्यसमाथि खाडीका देशहरुमा हरियो सागसब्जीभन्दा माछा मासु तुलनात्मक रुपमा सस्तो हुने भएकाले नेपालीहरुले खानामा अत्याधुनिक माछा मासु प्रयोग गर्ने गरेकाले पनि मिर्गौलामा समस्या देखिने गरेको पाइएको छ ।

मिर्गौला उपचार सम्भव नभएपछि अर्को विकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँचलाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मिर्गौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डायलायसिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

संसारभर १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी समस्याबाट पिडित छन् । यस तथ्याङ्कको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखी १३ प्रतिशत करिब २७ लाख मानिसमा मिर्गौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मिर्गौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

मिर्गौला स्वस्थ राख्न चार सुझाव
१. मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।
२. धुमपानको आदत भएका, ५० वर्षभन्दा माथिका वयश्कहरु र मिर्गौलामा समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुने भएकाले हरेक वर्ष अनिवार्य रुपमा मिर्गौला परीक्षण गर्नुपर्छ ।
३. मिर्गौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।
४. बिलासिता पूर्ण जीवन जीउने र सुविधा भोगी जीवनशैलीले मोटोपनासँगै मिर्गौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान वा बेलुका कम्तिमा ३० देखी ४५ मिनेट हिंडडुल गर्नु अनिवार्य छ ।

Last modified on 2017-06-19 16:18:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts