के तपाईंको रजस्वला बाहेकको समयमा पनि रगत बग्छ ? यस्तो खतरा हुनसक्छ...(भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं । महिलामा हुने विभिन्न समस्यामध्ये रजस्वला सम्बन्धि धेरै समस्याहरुमध्ये रगत बग्ने समस्या पनि एक हो । अधिकांश महिला यस्तो समस्याबाट पीडित छन् । नेपालको सन्दर्भमा यो समस्यालाई सामान्य रुपमा लिने गर्छ । तर यो निकै घातकपनि हुनसक्छ । यस्तो समस्या कसरी आउँछ र कसरी जोगिने ? स्त्री रोग विशेषज्ञ डाक्टर शान्ति जैसीका सुझाव :

 महिलामा रजस्वला वा महिनावारी हुनु नियमित प्रक्रिया हो । सामान्यतया ११–१२ वर्षको समयबाट रजस्वला प्रक्रिया सुरु हुन्छ । यो प्रक्रिया लगभग ४०–४५ वर्षसम्म कायम रहन्छ । तर कसैकसैमा भने यो प्रक्रिया तलमाथि हुन सक्छ । यो समयमा महिनाको एकपटक रजस्वला हुन्छ । रजस्वला हुँदा ७ दिनसम्म रगत बग्छ । त्यो समयभन्दा बढी समयसम्म रगत बग्नु, निकै कम बग्नु वा बढी रगत बग्नुलाई रजस्वला बाहेकको समयमा रगत बग्नु भनिन्छ ।

रजस्वला बाहेकको समयमा रगत बग्नु निकै घातक पनि हुनसक्छ ।

रजस्वला बाहेकको समयमा रगत बग्ने मुख्य कारण यस्ता छन् :
१.हर्मोनको गडवढी
२.पाठेघरको मुखमा वा पाठेघरमा चोटपटक लाग्नु
३.पाठेघरमा मासु पलाउनु ।
४.पाठेघरको क्यान्सर हुनु ।
५.पाठेघर तथा यौनीको भित्री भागमा संक्रमण हुनु ।
६.महिनावारी रोक्ने औषधिको बढी प्रयोग गर्नु ।
७.असुरक्षित गर्भपतन गराउनु ।
८.रगतमा संक्रमण ।

यस्तो समस्या विवाहित महिलामा बढी हुने गर्दछ । त्यसमा पनि रजस्वला सुक्ने समयका महिलाहरुमा बढी हुने गर्दछ । कहिलेकाहीँ यौन सम्पर्कका बेला पाठेघरमा चोट लाग्छ वा तनाव हुनसक्छ । यही कारण नै रजस्वला बाहेक अनियमित रगत बग्दछ ।

रगत बग्नुपूर्व कुनै लक्षण देखिँदैन । तर रगत बग्नु नै अन्य रोगको लक्षण हुनसक्छ:
१.पाठेघरको मुखको क्यान्सर 
२.पाठेघरको क्यान्सर 
३. रगतको संक्रमण

यस्तो समस्याबाट बच्ने उपाय:
१.पाठेघरको सुरक्षामा ध्यान दिने ।
२.रजस्वला रोक्ने औषधिको बढी प्रयोग नगर्ने ।
३. असुरक्षित गर्भपतन नगराउने । 
४. यौनअंगको सुरक्षामा सधै सचेत रहने ।

 कुनैपनि समस्या देखिए तत्काल चिकित्सककोमा परीक्षण गराउनुपर्छ । बेलैमा उपचार गराए अन्य रोग लाग्नबाट बच्न सकिन्छ ।

भिडियो हेरौँ

Last modified on 2017-06-19 16:22:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts