निजामती अस्पतालको क्षमता विस्तार गरिने

What's This?


Download our app to get more features

काठमाडौं, २४ फागुन । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ । 

चीन सरकारले सहयोगमा करिब सय श्यैयाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । उनका अनुसार भवन बनाउनका लागि चीन र नेपाल सरकारबीच सम्झौतासमेत भइसकेको छ । 
अहिले रहेको भवनको पश्चिमतिर अत्याधुनिक भवन बनाउन लागिएको हो । ‘‘चीन सरकारले भवन बन्ने ठाउँको स्थलगत अवलोकन गरिसकेको छ’’,उनले भने,‘‘सन् २०१८ सम्म भवन बनाइसक्ने योजना रहेको छ ।’’ 

यसअघि पनि चीन सरकारको सहयोगमा नै उक्त अस्पताल विसं २०६५ मा सञ्चालनमा आएको हो । अहिले अस्पतालमा एक सय ३४ श्यैया छन् ।

रासस 
 

Last modified on 2017-06-19 16:22:30

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts