'सफेद एप्रोन'भित्र लुकेको डाक्टरका पीडा !



Download our app to get more features

चिप्लो कारबाट ओर्लिएर अस्पतालमा छिर्दा सुरक्षा गार्डदेखि चिन्ने जति सबैले नमस्कार टक्र्याउने, वार्डमा पुग्ने बित्तिकै सिस्टरले स्वागत गर्ने आर्कषक पहिरनमा सजिएका आर्कषक व्यक्तित्व हो डाक्टर । आफ्नो परिचयमा डाक्टर भन्न पाउनु, ऋणको लागि बैंकले पत्याउनु अनि समाजमा छुट्टै पहिचान बनाउन सफल हुनु डाक्टरका राम्रा पक्ष हुन् । त्यसैले यस पेशा प्रति नयाँ पुस्ताको आर्कषण हुनु स्वाभाविक नै हो । तर, यो अब ग्लायमरमा मात्र सीमित रहेन । धेरैको यस प्रति इष्र्या तथा वितृष्णा पनि रहेको पाइन थालेको छ । 

बाहिर जति राम्रो र आर्कषक देखिन्छ भित्र त्योभन्दा बढि पीडा लुकेको छ यो डाक्टरी पेशामा । 

तर डाक्टर भएरपनि पछुतो तब हुन्छ, जब आफुसँगैको साथीहरुको पढाई, जागिर, घर—व्यवहार सबै सुनिश्चित हुन्छ तर आफ्नो अध्ययन (एम.डि.वा एम.एस.) बाँकी नै हुन्छ । 

१. कडा मेहेनत, बढी समय 
‘डाक्टर’ बन्नको लागि प्लस टुमा जीवविज्ञान समुहबाट कम्तिमा ५० प्रतिशत अंक ल्याएर उर्तिण गर्नुपर्छ । त्यसपछि एमबीबीएसको प्रवेश परिक्षा (ईन्ट्रान्स) दिन पाईन्छ । प्रवेश परिक्षमामा उत्कृष्ठ ठहरिएका विद्यार्थीले मात्र एमबीबीएसको लागि भर्ना पाउँछ, यो काम त्यत्ति सजिलो छैन । एमबीबीएसको साँढे चार बर्षको कडा मेहनत र परिश्रम पछि पाएको सफलता र एक बर्षको ईन्र्टनशिप पछि मात्र डाक्टर बन्न सकिन्छ । एक जना विद्यार्थीले जति समय डाक्टर बन्नमा खर्चिन्छ उति नै समयमा कुनै अर्को संकायको विद्यार्थीले ‘डिग्री’ सजिलै सकाउँछ । त्यसैले एक जना विद्यार्थीले डाक्टर बनेर मेडिकल अधिकृत भएर सेवा सुबिधा पाइरहेको अवस्थामा अर्को राम्रो विद्यार्थी मेनेजर वा प्रमुख भएर सो भन्दा बढि सेवासुबिधा पाउने अवस्थामा पुगिसक्छ । तर डाक्टर भएरपनि पछुतो तब हुन्छ, जब आफुसँगैको साथीहरुको पढाई, जागिर, घर—व्यवहार सबै सुनिश्चित हुन्छ तर आफ्नो अध्ययन (एम.डि.वा एम.एस.) बाँकी नै हुन्छ । 

२. १०–४ को जागिर होइन डाक्टरी पेशा 
डाक्टरी पेशा अन्य पेशा जस्तो होइन । यो पेशामा नौ वा दश बजे देखि चार वा पाँच बजे सम्मको ड्युटीमात्र हुँदैन । हाम्रो जस्तो कम जनशक्ति भएको देशमा भनेको बेला बिदा पाईन्छ भन्ने पनि छैन । दशैं, तिहार, चाडपर्व, सार्वजानिक विदा, बन्द, हडताल सबै अवस्थामा पालो मिलाएर ड्युटी गर्नुपर्छ । तर पीडा त तब हुन्छ जब चौबिस घण्टाको ड्युटी सकेर बिश्राम गर्न गएको बेला आफ्नो नजिकको मानिस बिमारी भएर आफ्नै अस्पतालमा ल्याएको खबर आउँछ । बिमारी भेट्न जाउँ रातभरीको निन्द्रा र दिनभरीको थकान, नजाउँ आफ्नो मान्छे बिमारी हुँदा पनि भेट्न नआउने ? कस्तो स्वार्थी, घमण्डी..... इत्यादि । 

अझ आफ्नो मान्छे डाक्टर हो, यसै अस्पतालमा छ, राम्रो उपचार एंव सहयोगको आशामा आएका बिमारीलाई निराश पनि त कसरी बनाउने ? अनि दौडधुपमा बित्छ अर्को चौबिस घण्टा, आफ्नो नियमित ड्युटी त छँदैछ । फेरी थकित छु भनेर बिमारीको जीवनसँग खेल्ने कुरा पनि त भएन ! कति अवस्थामा आफुले हेरेको बिमारीले आफुलाई नै खोज्ने पनि हुनसक्छ । आफ्नो व्यक्तिगत, पारिवारीक दिनचर्या सबै छोडेर बिमारीप्रति २४ घण्टा संवेदनशिल भएर खटिनुपर्छ । 

एक दुई दिन मात्र होइन, सधै बिरामी, रोग र रोगका जीवाणुसँग लड्ने, खेल्ने अनि रमाउने गर्नुपर्छ । आफुले परीक्षण गरेको कुनै न कुनै बिरामी त आफुसँग उनको जीवनको ग्यारेन्टी नै खोज्छन् । आपत्तिजनक व्यवहार, रिस उठाउने तथा उत्तेजक प्रश्नहरुको उत्तर नम्र भएर दिनुपर्ने डाक्टरको बाध्यता र कर्तव्यपनि हुन आउँछ । 

३. पीडामा पनि रमाउनु पर्ने !
अस्पताल मनोरञ्जन गर्ने स्थल होइन । फोहोर अनि दुर्गन्धमा सधै बिरामीको पीडा सुन्नु, बुझ्नु, हेर्नु र सँधै रोग र रोगका जीवाणुसँग काम गर्नु सानो कुरा होइन । त्यस्तो वातावरणमा पनि जिम्मेवारीपूर्वक बिरामी र बिरामीका आफन्तलाई रोग अनि रोगीका बारेमा बुझाउनु पर्छ । उनीहरुको जिज्ञासाको उत्तर दिनुपर्छ । एक दुई दिन मात्र होइन, सधै बिरामी, रोग र रोगका जीवाणुसँग लड्ने, खेल्ने अनि रमाउने गर्नुपर्छ । आफुले परीक्षण गरेको कुनै न कुनै बिरामी त आफुसँग उनको जीवनको ग्यारेन्टी नै खोज्छन् । आपत्तिजनक व्यवहार, रिस उठाउने तथा उत्तेजक प्रश्नहरुको उत्तर नम्र भएर दिनुपर्ने डाक्टरको बाध्यता र कर्तव्यपनि हुन आउँछ । 

४. डाक्टर बीमा कम्पनी हो ?
आफ्ना मान्छे बिरामी भएर वेदनाले छट्पटाई रहेको अवस्था होस् या एउटा गरिब असहायको पीडामा होस्, डाक्टरको औषधिले आराम महशुस गराउँछ । त्यो आरामले डाक्टरलाई आत्मसन्तुष्टि र आशिर्वाद पाएको देख्दा मनमा डाक्टर बन्ने र दीनदुःखीको सेवा गर्ने बिचार पलाउँछ । यस्तो मर्यादित र सम्मानित कार्य पूर्ण जिम्मेवारीका साथ गर्दागर्दै पनि बेला बेलामा अनावश्यक भीडले अनावश्यक प्रश्न गर्ने, लाल्छना लगाउने अनि बिना कुनै गल्ति नै आरोप लगाउने, धम्क्याउने, तर्साउने वा हातपात गर्ने हुन्छ । राजनीतिक दल तथा संघ सस्थाले डाक्टरको पिडा बुझ्न खोज्ने भन्दा पनि जिम्मेवारी थप्नमा बढि अग्रसर हुन्छन् । पछिल्लो समय अस्पताल तथा डाक्टरलाई बीमा कम्पनीलाई जस्तो व्यवहार गर्न खोजिएको महशुश हुन्छ । उपचार सफल भए बीमाको प्रिमियर तिर्ने, नभए १० लाख भुक्तानी गर्नुपर्ने !

कतै बिरामीको मृत्यु भएमा ठाडै डाक्टरले मारेको भनिन्छ । मानौं डाक्टरले बोलाएर वा झुक्याएर चक्कु रोपेर वा घाँटि नै रेटेर बिरामीलाई मार्छ । मृत्युको कारण त रोग हो, डाक्टरले बचाउन असफल भएको वास्तविक्तालाई कसैले बुझ्न नखोजेको देख्दा डाक्टरी पेशा प्रति नै दया जाग्छ ।

कतै बिरामीको मृत्यु भएमा ठाडै डाक्टरले मारेको भनिन्छ । मानौं डाक्टरले बोलाएर वा झुक्याएर चक्कु रोपेर वा घाँटि नै रेटेर बिरामीलाई मार्छ । मृत्युको कारण त रोग हो, डाक्टरले बचाउन असफल भएको वास्तविक्तालाई कसैले बुझ्न नखोजेको देख्दा डाक्टरी पेशा प्रति नै दया जाग्छ । असफलता, लाल्छना र क्षतिको जिम्मेवार पनि डाक्टर नै ?  

५. व्यक्तिगत जीवन खरानी
सबैभन्दा पीडा अनि दुख लाग्दो पक्ष । डाक्टर पनि कसैका छोराछोरी, कसैका भाईबहिनी, कसैका जीवनसाथी र कसैका आमाबुबा हुन । घरपरिवार अनि पारिवारीक जिम्मेवारी डाक्टरको पनि हुन्छ भन्ने कुरा समाजका कुनै वर्गले बुझेको पाइँदैन । चाडवाडको बेला होस् या सार्वजानिक विदा अनि उत्सवका बेलामा पनि ड्युटीमा बस्नुपर्ने । बिहानदेखि बेलुका मात्र होइन आवश्यक परे राति पनि कुद्नुपर्ने कस्तो बाध्यता ? आफ्नै परिवारलाई समय दिन नसक्ने अवस्थामा समाजलाई केही गर्न सकेन भन्ने आरोप लगाईन्छ । राष्ट्रका नाम तिरेको कर अनि गरेको सेवालाई कसले देख्ने ?

हुनत सबै पेशाका आफ्नै बाध्यता अनि आकर्षण होला । बाहिर राम्रो देखिए पनि पीडा सबैलाई होला । तर मनमा पीडा लुकाएर पनि बिरामीको पीडामा मल्हम लगाउन पनि हामी मुस्कानका साथ आफ्नो जिम्मेवारीलाई आत्मसात गरेका छांै । हामीले आफ्नो मानवसेवाको यो विशिष्ट अभ्याँसप्रति गर्व गरेका छौं । यो होइन की हामीले के के नै गरेका छौं । तर हामीले आफ्नो स्थानबाट सत्य, निष्ठा र इमान्दारिताको कसम खाएर बिरामीको सेवामा जुटिरहँदा पनि हामीमाथि लाल्छनामात्र लाग्नुले कता कता दुख्दो रैछ । घाउजस्तै चहराउँदो रैछ । 
 

Last modified on 2017-06-19 16:47:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

5 Comments

  1. Dr. Manxe ko rup ma bhsgwan ho. Thug ra ghuskhor bhayera moj garnu bhanda manxe bhayera bhagwan ko darja pawna dukha mannu hudaina. Personal ra professional ma balance garna sikau. Aru sabai god le herxa.

  2. Sarai nai man choyo Ajh tesmathi jaanch fees pani dinu parx r Ani upchar Paxi dr le t lutyo bhanne prakriya le t Ajh mutu bijaunx k garne niji practice Ko bilauna Ajh dherai

  3. dr. deeb shrestha dangolon Mon, Mar 06 2017 08:04 PM

    Fact of doctors life which has been overlooked. Well written

  4. मिन ब कुवरon Mon, Mar 06 2017 06:28 PM

    डा साव डाक्टरी पेसालाई मात्र नअगालेर सवै स्वास्थ्य क्षेत्रमाकाम गने nursing..laboratory rediology झनै पत्यछे laboratory मा विभीन्न chemical र किटाणु संग्ग खेल्लने कामदारहरूलाई पनी समेटेर लिनु परयो....

  5. Very true


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts