खोप कार्यक्रम चलाउन नसक्ने ‘हाकिम’लाई पदमुक्त गरिने, स्पष्टिकरण सुरु



Download our app to get more features

काठमाण्डौ, २१ फागुन । स्वास्थ्य मन्त्रालयले आजबाट सुरु भएको खोप कार्यक्रम चलाउन नसक्ने स्वास्थ्य संस्थाका हाकिमलाई पदमुक्त गर्ने भएको छ । 
पोलियो कार्यक्रमको पहिलो दिन १५ जिल्लामा थोपा खुवाउने भनिएपनि अधिकांश जिल्लामा अवरोध हुनुका साथै केही जिल्लामा खोप कार्यक्रम नै भएन । स्वास्थ्य सेवा ऐनको दफा ९(ख) अनुसार जिम्मेवारी नदिएको भन्दै आन्दोलित स्वास्थ्यकर्मीले पोलियो कार्यक्रममा अवरोध पुर्याएका हुन् ।

स्वास्थ्य मन्त्रालयले पटकपटक नियमित पोलियो कार्यक्रम नरोक्न गरेको अपिल नमानेको र नियमित जनस्वास्थ्य कार्यक्रम विथोलेर गलत गरेको भन्दै मन्त्रालयले कार्वाही सुरु गरेको हो । पोलियो थोपा कार्यक्रम सञ्चालन हुन नसकेका जिल्लाका हाकिम, कर्मचारीको विवरण मागेर उनीहरुलाई स्पष्टिकरण सोध्न थालिएको छ । पोलियो कार्यक्रम अवरोध पुर्याउनेहरुलाई हदैसम्म कार्वाही गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रवारै अपिल जारी गरेको थियो । 

स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन अनुसार असक्षम जिम्मेवारी अधिकारीहरुलाई स्पष्टिकरण सोधेर जिम्मेवारीमुक्त गरिने मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । 

सुरक्षा प्रबन्ध कडा
भोलि (आइतवार)पनि जारी रहने पोलियो थोपा कार्यक्रममा फेरीपनि अवरोध भए या असहयोग भए सुरक्षाकर्मी परिचालन गरेर भएपनि खोप खुवाइने पौडेलले जानकारी दिए । मन्त्रालयले हिजै आवश्यक सुरक्षा प्रबन्ध गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।  

फाइलफोटो

Last modified on 2017-06-19 16:51:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Yo sab lafada 15 mahine padheko ( a.h.w.) ra 3 barsa padheko(h.a.) lai aeutai taha(6th) diyera bhako ho... HA ta sadhai mathi ho ni AHW bhanda... K niyam banako... Baru Ahw lai 4th level ma a, b, c bhanera banako bhaye yati babal machinthena.... Aba tauko ma natekera k garchan ta.... Lol


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts