नेपालका १० प्रतिशत मानिसलाई रिंगटा लाग्छ, थाहा पाउनुहोस् किन लाग्छ रिंगटा

What's This?


Download our app to get more features

काठमाण्डौ । मानिसलाई रिंगटा के कारणले लाग्छ भनी अनुसन्धान नै नगरी औषधि दिने र खाने प्रचलनका कारण सामान्य रिंगटा लाग्ने समस्या भएकाहरुमा थप जटिलताहरु देखिन थालेको छ ।

रिंगटा के कारणले लाग्छ भनी जाँच नगराउने र स्वास्थ्यकर्मीले पनि चिकित्सा प्रकृयाबाट नभै हचुवाको भारमा औषधि दिने गर्दा सामान्य रिंगटाले पनि अन्य स्वास्थ्य जोखिमहरु निम्त्याउने गरेको छ ।

रिंगटा लाग्ने ८० प्रतिशत कारण कानको समस्या रहेको नाक कान घाँटीरोग विशेषज्ञले बताएका छन् ।


 रिंगटा लाग्ने ८० प्रतिशत कारण कानको समस्या रहेको नाक कान घाँटीरोग विशेषज्ञले बताएका छन् ।  रिंगटा लाग्नु आफैमा कुनै रोग नभई लक्षण मात्र हो । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दा÷हिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् । विशेष गरी कानको समस्याका कारण  मानिसलाई रिंगटा लाग्ने नाक कान घाटी रोग विषेशज्ञ डा. योगेश न्यौपानेले बताए ।
 
आँखा तथा हाडजोर्नीको समस्याका कारण पनि मानिसलाई रिंगटा लाग्ने गर्दछ । शरीरले राम्रोसँग मश्तिष्कमा सूचना पठाउन सकेन भने पनि रिगंटा लाग्ने समस्या देखिने न्यौपानेको भनाइ छ । तर के कारणले रिंगटा लागेको भन्ने पहिचान नगरी औषधि सेवन गर्दा त्यसले थप जोखिम निम्त्याउन सक्ने तर्फ उनले सचेत गराए ।

रिंगटा जाँच्ने उपकरण नै भएन 
नेपालमा रिंगटा लाग्नुको कारण पत्ता लगाएर उपचार गराउने अत्याधनिक प्रविधि र उपकरणको अभावका कारण पनि समस्या बढेको  वीर अस्पतालको नाक कान घाँटी विभागका प्रमुख डा.ढुण्डीराज पौड्यालले बताए । उनका अनुसार बिरामीलाई पनि कानको समस्याका कारण रिंगटा लाग्न थालेको हो भन्ने थाहा हुदैन ।

अन्य विधाका कतिपय चिकित्सकलाई पनि कानको समस्याको कारण रिंगटा लागेको भन्ने थाहा नहुँदा ‘मिस डाइग्नोसिस’ बढेको पौड्याल बताउँछन् ।

रिंगटा लाग्नुलाई सामान्य रुपमा लिएर अन्य चिकित्सकसँग परामर्श गरी औषधि खाने चलन छ । अन्य विधाका कतिपय चिकित्सकलाई पनि कानको समस्याको कारण रिंगटा लागेको भन्ने थाहा नहुँदा ‘मिस डाइग्नोसिस’ बढेको पौड्याल बताउँछन् ।

बढ्दै गरेको ध्वनी प्रदुषणका कारण हाल १६ प्रतिशत मानिस बहिरोपन समस्याको शिकार भएका छन् भने लाखौं  मानिस ध्वनी प्रदुषणको  प्रत्यक्ष मारमा छन् । ध्वनी प्रदुषणका कारण धेरै मानिसमा कानको समस्या देखिएको भन्दै डा. पौडेलले कानको समस्याका कारण रिगंटा लाग्ने, झर्को लाग्ने एकाग्रता नहुने जस्ता समस्या देखिने बताए । कानको भित्री भाग सुन्निने  पाक्ने,  पिप आउने लक्षण देखापर्यो भने पनि मानिसलाई रिंगटा लाग्ने गर्दछ ।

अधिकांश स्वास्थ्यकेन्द्र र चिकित्सकले पनि रिंगटा लाग्नुको कारण पत्ता नलगाई बिरामीको उपचार गर्ने गरेको डा. योगेश न्यौपानेले दावी गरे । अस्पताल, स्वस्थ्यकर्मी र चिकित्सकलाई यस सम्बन्धि शिक्षा दिनुपर्ने व्यवस्था गर्न डा. न्यौपानेले माग गरे ।
 
रिंगटा लाग्ने कारण थाहा पाउन भिडियो नेस्टेक मेमोग्राफी
रिंगटा लागेको केही संकेत पत्ता लगाउन हाल त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा मात्र रिंगटा के कारण लाग्छ भनी मापन गर्ने अत्याधनिक मेशिन राखिएको छ भने केही निजी अस्पताल पनि सुरु गर्न थालेका छन् ।  वीर अस्पतालले पनि छिटै सुरु गर्ने जनाएको छ ।
 
एकवर्ष अगाडी टिचिङ अस्पतालमा रिंगटा के कारणले लाग्छ भनि परीक्षण गराउने भिडियो नेस्टेक मेमोग्राफि र भिडियो हेड इमपल्स टेस्ट भन्ने दुई मेशिन ल्याईएको छ । तर यि मेशिनले पनि मानिसलाई के कारणले रिगंटा लाग्छ भनि पत्ता नलगाउने डा. योगेश न्यौपाने बताउनुहुन्छ । यो मेसिनले आँखा मश्तिष्क कानको अवस्था परीक्षण गर्ने तर कारण भने पत्ता लगाउन सक्दैन ।
 
१० प्रतिशतलाई रिंगटा लाग्छ 
रिगंटा लाग्ने समस्याबाट नेपालका १० प्रतिशत मानिस प्रभावित छन् । रिंगटा लाग्नुको कारण पत्ता लगाउन शिक्षण अस्पतालका चिकित्सकहरुले शुरु गरेको उपचार पद्धति अब देशका सबै अस्पतालमा पु¥याउन सके धेरैले राहत पुग्ने डा.न्यौपाने बताउँछन् । चिकित्सकहरुलाई यस सम्बन्धि जनचेतना दिई विरामीलाई थप बिरामी हुनबाट बचाउन सकिने उनको भनाइ छ ।

Last modified on 2017-06-19 17:25:24

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts