फागुन २१ र २२ गते पोलियो थोपा खुवाइने



Download our app to get more features

काठमाण्डौं, १५ फागुन । यसअघि दुइपटकसम्म रोकिएको विशेष पोलियो खोप कार्यक्रम फागुन २१ र २२ गते सञ्चालन गरिने भएको छ ।

 गत फागुन ७ र ८ गते हुने भनिएको पोलियो कार्यक्रम विभिन्न प्राविधिक कारण भन्दै फागुन  १९ र २० गते अभियान चलाउने बताइएको थियो । आइतबार स्वास्थ्य सेवा विभागले विज्ञप्ति जारी गर्दै फागुन २१ र २२ गते पोलियो खुवाउने तयारी भएकोे जनाएको हो ।

विज्ञप्तिमा विभागले फागुन २१ र २२ गते ५ वर्षमुनीका सम्पुर्ण बालबालिकाहरुलाई पोलियो थोपा खुवाउन सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंकसेविकालगायतका सरोकारवालाहरु समक्ष सहयोग गर्न अपिल गरेको छ ।

सरकारले १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम तय भएको उल्लेख छ ।

पोलियो थोपा खुवाइने जिल्लाहरुमा सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौं, भक्तपुर र ललितपुर रहेका छन् ।

Last modified on 2017-06-19 17:27:37

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts