ब्लुक्रसको दाँत तथा आँखा शिविर सम्पन्न

What's This?


Download our app to get more features

काठमाण्डौं, १५ फागुन । ब्लु क्रस अस्पतालले निशुल्क दाँत तथा आँखा शिविर सम्पन्न गरेको छ ।

लायन्स क्लव अफ काठमाण्डौको सहकार्यमा बसुन्धारास्थित माउण्ट ग्लोरी स्कुलमा निशुल्क दन्त तथा आँखा शिविर सम्पन्न गरेको हो ।

अस्पतालका अनुसार शिविरमा करिव २ सय जना विद्यार्थीसहित शिक्षकहरुको दाँत तथा मुख स्वास्थ्यको परीक्षण गर्नुका साथै आँखाको निशुल्क परीक्षण गरीएको छ । साथै उनीहरुलाइै निशुल्क औषधिकोसमेत व्यवस्था गरीएको अस्पतालका सञ्चार प्रबन्धक सन्दिप श्रेष्ठले जानकारी दिए ।

शिविरमा डा। सागरदास कर्णीकार सहित ४ जना विशेषज्ञहरुकोे टोलीले दाँत, मुख र आँखाको परीक्षण गरेका थिए । डा.कर्णीकारले शिविरमा अधिकांश बालबालिकाहरुमा दाँतमा अत्याधिक समस्या देखिएको र उनीहरुमा ब्रस गर्ने सहि तरिका नअपनाएको बताए । उनका अनुसार दाँतमा गंभिर समस्या देखिएको बालबालिकालाई अस्पताल जान सिफारिस गरेकोसमेत बताए ।

शिविरमा स्वास्थ्य परिक्षणका साथै दन्त तथा मुख स्वास्थ्य र आँखाको हेरचाहवारे चेतनामुलक कार्यक्रमसमेत गरेको अस्पतालले बताएको छ ।

अस्पतालले आगामी दिनहरुमा सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क स्वास्थ्य शिविर गर्नुका साथै जनचेतनामुलक कार्यक्रम गर्ने बताएको छ ।

Last modified on 2017-06-19 17:27:59

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts